पालाममा राजेश पायल

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०७०, मंगलवार

लिम्बु संस्कृतिका पालाममा आधारित तथा लिम्बु भाषा प्रयोग गरिएका चर्चित गीतहरु गाइसकेका राजेश पायल राइले जीवनमै पहिलोपटक स्टेजमा लिम्बु भाषाको गीत गाएको बताएका छन् । लिम्बु शब्द  उचारण गर्दा अफ्टेरो गरि बोल्ने राजेशले लिम्बु गीत भने निक्कै मज्जाले गाए । लिम्बु भाषाको गीत गाउँदै जाँदा उनले बीचबीचमा आफू कुमार केटा भएको भन्दै ख्यालठट्टा गरेका थिए । आफ्नो बिहेको प्रसङ्ग कोट्याउदै दर्शकदीर्घामा रमाइलो बनाउँदै उनले भने– राम्री केटी पाए अहिले नै लण्डनबाट पापा मम्मी लाई बोलिपोहाल्छु ।
आइतबार  धरानस्थित सैनिक भवनमा सम्पन्न याक्थुङ पालाम साँझमा लिम्बु पहिरनमा  नै स्टेजमा आएका राजेशले  हाक्पारे, ख्याली, साम्लोले आम्बी आजुप्से, थेगेक, सिरबन्दी, चेथ्याके  लगायतका लिम्बु भाषाका गीतहरु गाएर रमाइलो प्रदान गरेका थिए । गत वर्ष आसेवारो नामक लिम्बु भाषाको एल्बम बजारमा ल्याएका राईको सिलाके जवानी नामक भोजपुरी एल्बमले भारतको भोजपुरी संगीत बजारमा राम्रो स्थान पाएको छ ।

rajesh payal
उनले भर्खरै मात्र हिन्दी फिल्म नजाने क्यों  मा समेत स्वर दिएका छन भने २ वटा भोजपुरी फिल्म आवाज दिइसकेका छन । त्यस्तै उनी हिन्दी  एल्बममा समेत स्वर दिँदै छन् । चाँडै  नै  राई भाषाको समेत एल्बम निकाल्न लागेका राईले याक्थुङ पालाम साँझमा गीत  गाउँदा  गाउँदै सैनिक भवनको आफ्नो सांगीतिक जीवनकै पहिलो एकल कन्सर्टको स्मरण गरेका थिए । आफ्नो पहिलो एकल कन्सर्ट  गरेको ठाउँमा पुनः यस्तो ऐतीहासिक कन्सर्ट गर्न पाएकोमा निकै खुशी छु, उनले भने । उनलाई साथ दिन निर्देशक दीपक श्रेष्ठ, उनका सहपाठी धराने संगीतकर्मी हेम सुब्बा, गायक ए पी  शेर्पा, भिसन मुकारुङ समेत आएका थिए । निर्देशक दीपक श्रेष्ठले कार्यकर्ममा बोल्दै गायक पायलको बारेमा पुराना यादहरु संस्मरण गरेका थिए ।
भरखरै दर्शन नमस्ते २ एल्बम बजारमा ल्याएका राजेशले  सागर सरि, सर सर, बल्ल भेट भो, दर्शन नमस्ते, ओके, मोहनी लाग्ला है लगायतका डेढ दर्जन नया पुराना चर्चित गीत हरु समेत प्रस्तुत गरेर  कार्यक्रम बाट बिट  मारेका थिए । सो कार्यकर्ममा तीनजुरे पूर्व भेग च्याब्रुंग समूह धरानले  पालम  नृत्य समेत प्रस्तुत गरेको थियो ।
सिल्भर इन्टरटेन्मेण्टको इभेन्ट म्यानेजमेन्टमा तथा सासा ब्युटि पार्लरको आयोजनमा र लोकेन सांबाको  संयोजन मा सम्पन्न याक्थुङ पालाम साँझको  प्रायोजन नेपाल आइसले गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु