पासाङको तिम्रो यादमा सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७३, सोमबार

फागुन २, काठमाडौं । गीतकार पासाङ तामाङको एकल रचना एवं संगीतकार मनीपाल राईको एकल संगीत रहेको गीतिसंग्रह ‘तिम्रो यादमा’ सार्वजनिक भएको छ । अनामनगरस्थित विनायो क्याफेमा कार्यक्रमको आयोजना गर्दै एल्बमको सार्वजनिक गरिएको हो । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा, संगीतकला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठा, म्यूजिक खबर पाक्षिककी सम्पादक सबिता पोखरेल एवं पत्रकार तथा निर्देशक डब्बु क्षेत्रीको हातबाट ‘तिम्रो यादमा’ गीतिसंग्रहलाई सार्वजनिक गरिएको हो ।

timro yadma
कार्यक्रममा एल्बमभित्र रहेका चारवटा गीतको म्यूजिक भिडियो देखाइएको थियो । म्यूजिक भिडियो हेरिसकेपछि एल्बमका बारेमा अतिथिहरुले पासाङ तामाङको गीति लेखन संगीतकार मनीपाल राईको संगीत व्यवसायिक धारमा रहेको बताएका थिए । प्रवासमा रहेर पनि गीतसंगीतको गहिराइमा पुग्न सक्ने, नेपाली माटो र मायाप्रेम सुहाउँदो गीत संगीत सिर्जना भएको बताएका थिए । म्यूजिक भिडियो पनि लोकेसन अनुसार प्रवासको ठाउँमा मेहनत गरेर बनाइएको अतिथिहरुले बताए ।

प्रवासमा रहेर घरबासको यादमा लेखिएका गीतहरुले मूलधारको गीतसंगीतको प्रतिनिधित्व गरेको संगीतकार सन्तोष श्रेष्ठले बताए । पासाङ गीतलेखनमा खोट लगाउने ठाउँ नभएको बताउँदै गीतकार एवं पत्रकार शान्तिप्रियले गीतले सफलता पाउनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

shantipriya_santosh
चारवटा गीत रहेको तिम्रो यादमा नामक एल्बमका चारवटै गीतको म्यूजिक भिडियो पनि निर्माण गरिएको छ । मैले हार्दा, कहिले तिमीलाई, बाँचुन्जेल सँगै बसौं, कहिले तिमीलाई जस्ता गीतहरु समावेश गरिएको एल्बममा अन्जु पन्त, प्रमोद खरेल, अमर राई र सुनिता पन्तको आवाज रहेको छ । मैले हार्दा, बाँचुन्जेल सँगै, कहिले तिमीलाई बोलको गीतको म्यूजिक भिडियो मलेसियामा नै छायाँकन गरिएको हो भने प्रमोद खरेलको आवाजमा रहेको कहिले तिमीलाई बोलको गीतको म्यूजिक भिडियो भने कोरियामा छायाँकन गरिएको हो । ‘तिम्रो यादमा’ एल्बमलाई शुभकामना मिडिया सोलुसनले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु