पिपलुको छायाँमा कार्की र थापा

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७१, बुधबार

काठमाडौं, ३१ बैशाख । गायक विरही कार्की र गीतकार दिनेश थापा अब पिपलुको छायाँ बोलको गीत लिएर आउँदैछन् । कविना म्यूजिकले बजार प्रबद्र्धन गर्न लागेको पिपलुको छायाँमा गायक विरही कार्कीको स्वर र लय रहेको छ भने दिनेश थापाले गीत लेखेका हुन् । पिपलुको छायाँमा गायक एवं संगीतकार झलक संगीतम्को संगीत संयोजन रहेको छ । गीतसंगीतको माहौलमा रमाइरहेका दिनेशले रहरलाई पूरा गर्दै गीत लेखनतिर लागेका हुन् । लोकदोहोरी गीत पिपलुको छायाँलाई मंगलबार आलाप रेकर्डिङ अनामनगरमा रेकर्ड गर्दै दिनेशले गीतबाट आफूले सफलता हात पार्ने दाबी गरेका छन् । त्यस्तै धेरै चर्चित गीतहरु भए पनि पिपलुको छायाँ अझ राम्रो बन्नेमा ढुक्क रहेको गायक कार्कीले बताए । पिपलुको छायाँलाई छिट्टै नै म्यूजिक भिडियो निर्माण गर्ने क्रममा रहेको कम्पनीका संचालक नारायण ढकालले बताए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु