पुनः राष्ट्रियस्तरमै फर्कियो रापती म्यूजिक अवार्ड

म्यूजिक खबर
प्रकाशित: ११ माघ २०७३, मंगलवार

माघ ११, काठमाण्डौ । पहिलो र दोस्रो अवार्ड रापतीका कलाकारहरुलाई मात्र लक्षित गरिएको थियो भने तेश्रो वर्ष राष्ट्रियस्तरमा आयोजना गरिएको थियो । त्यसपछि रापतीका कलाकारहरु राष्ट्रियस्तरमा आयोजना हुने अवार्डले पछि पर्ने निष्कर्ष निकाल्दै रापतीकै कलाकारहरुलाई मात्र लक्षित गर्दै दाङमा लगेर आयोजना गरिएको यस अवार्डले यसपाली पुनः राष्ट्रियस्तरमा फर्किने आँट गरेको छ ।

rapti music award
रापती समाज काठमाण्डौले विगत पाँच वर्षदेखि आयोजना गर्दै आएको रापती म्यूजिक अवार्ड यस वर्ष चैत २८ गते राजधानीमा सम्पन्न हुने भएको छ । रापती म्यूजिक अवार्ड यस वर्ष भने राष्ट्रिय रुपमा आयोजना गर्न लागिएको छ । संगीत साधकहरुको सम्मान र प्रोत्साहनका लागि समाजले हरेक वर्ष आयोजना गर्दै आएको समाजका अध्यक्ष शशि शर्मा मजगैंयाले जानकारी दिए ।

विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिने यस अवार्डको मनोनयनका लागि आवेदन खुला गरिएको छ । स्रष्टा तथा कलाकारहरुले माघ महिनाभित्र आफ्ना गीत संगीत दर्ता गराईसक्नुपर्ने अवार्ड कार्यक्रमका संयोजक गोविन्द मधुर आचार्यले बताए । अवार्डमा सहभागी भएका गीत संगीतहरुको फाल्गुन दोश्रो साता मनोनयन सार्वजनिक गर्ने समेत आचार्यले बताए ।

rapati award

चैत्र २८ गते काठमाण्डौको राष्ट्रिय नाचघरमा भब्य रुपले आयोजना हुने कार्यक्रमका लागि समाजले बिभिन्न समिति उपसमिति गठन गरी जिम्मेवारी समेत बाँडफाँड गरेको छ । कार्यक्रमलाई सफल बनाउन डाकिएका बिभिन्न बैठकहरुमा राप्तीबाट प्रतिनिधित्व गर्ने मन्त्री, सभासद, उद्योगी, कलाकारहरुको प्रतिबद्धताले कार्यक्रम पुर्णरुपले सफल हुनेमा विश्वस्त भएको अध्यक्ष मजगैंयाले बताए । “कार्यक्रम राष्ट्रिय स्तरको भएकाले सबै पक्षको साथ र सहयोग रहनेमा विश्वस्त छौं” उनले भने । अवार्डमा सहभागी हुन चाहनेहरुले रापती समाजको कार्यालय, आलाप रेकर्डिङ स्टुडियो, प्रिज्म रेकर्डिङ स्टुडियो, मालश्री रेकर्डिङ स्टुडियो, ए वान म्यूजियन स्टुडियो लगायतका ठाउँहरुमा आफ्नो सिर्जना दर्ता गराउन सकिने अध्यक्ष मजगैंयाले बताए । कार्यक्रमका लागि केन्द्रित हुँदै समाजले माघ २९ गते वृहत् वनभोज कार्यक्रम समेत आयोजना गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु