‘पुन्टे परेड’ को च्यारिटी सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७१, मंगलवार

काठमाडौं । हिजो साझ राजधानी स्थित जय नेपाल हलमा को आयोजनामा फिल्म ‘पुन्टे परेड’ को च्यारिटी शो सम्पन्न भयो । कै सहयोगार्थ फिल्मको च्यारिटी गरिएको निर्माण पक्षले जनाएको छ । च्यारिटी शो मा कमै मात्रामा नेपाली फिल्म हेर्नेको जमात बढी थियो र फिल्मलाई सबैले मन पराएको प्रतिक्रिया दिए । च्यारिटी शो हेर्नको लागि ‘पुन्टे परेड’ टिमसँगै सिमित चलचित्र पत्रकार र हास्यकलाकारहरु केदार घिमिरे ‘माग्ने बुढा’ , विल्सन बिक्रम राई ‘तक्मे बुढो’ र सुरेन्द्र केसी ‘मुलको साँग’ लगायत जय नेपाल हल पुगेका थिए । फिल्म हेरिसकेपछि फिल्मले उठान गरेको बिषय बस्तु सबैले रुचाए । फिल्ममा भर्खरै प्लुस २ पढ्न गएको युवाको मनोविज्ञान र उसले चाहेको इक्षा पुरा नहुदा त्यसबाट आउने परिणामलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । आइडियाज एण्ड इमेजेज प्रालिको ब्यानरमा यसलाई हरि महत , सुरज कोइराला र अनिल अधिकारीले निर्माण गरेका हुन् । यसमा संयम पुरी , एन्जिला दाहाल , निलु डोमा शेर्पा , नाजिर हुसेन , रविन्द्र खड्का , सरोज श्रेष्ठ , गिता अधिकारीसँगै प्रियंका कार्कीको बिशेष भूमिका रहेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु