पूरानो याद सम्झिँदै प्रमोद

म्यूजिक खबर
प्रकाशित: ४ माघ २०७३, मंगलवार

माघ ४, काठमाण्डौ । अहिलेका युवा युवती हुन् या तन्नेरी, सबैकोहृ्रदयमा बस्न सफल गायक प्रमोद खरेल एक पटक फेरि चिन्तितबनेका छन् । तर यो चिन्ता कुनै धन सम्पत्ती तथा मुठभेडको नभएरआफ्नो भूतपूर्व मायालुसंग बिताएको पुराना यादहरुले निम्त्याएकोहो । प्रदिप पोख्रेलको शब्द तथा सुदिप क्षेत्रीकोलय र संगीतमामा सजिएको गीत “पुरानो याद” मा गायक खरेललेआफ्नो सुमधुर एकल आवाज मिसाई, पूराना यादलाई एकपटक फेरिजिवन्तता दिने प्रयास गरेका छन् ।

purano yaad 1

अहिले पूरानो याद… गीत तथा म्यूजिक भिडियोले बजारमा निकैलोकप्रियता हासिल गर्दै गइरहेको छ । गत हप्तामात्र अनलाईनयुट्युब हाईलाइट्स नेपालबाट रिलिज गरिएको उक्त गीतकोम्यूजिक भिडीयो निकै नै आकर्षक ढङ्गले छायाँङ्कन तथा सम्पादनगरिएकोमा आफू निकै नै आशावादी रहेको कुरा सो म्यूजिकभिडियोका निर्देशक रमेस थनेत बताउनुहुन्छ । पवन शिंखडाद्वाराछायाँङ्कन तथा सम्पादन गरिएको म्यूजिक भिडियोमा कलाकारहरुबरुन लिम्बु, बर्षा क्षेत्री, एन्जल क्षेष्ठ र आशिष गौतमले आफ्नोबेजोड प्रस्तुति दिएका छन् । आकर्षक संगीत संयोजन बिनय केटुकोतथा म्यूजिक भिडियोमा सहायक निर्देशकको रुपमा दिपेन्द्ररायमाझीले काम गरेका छन् भने मेकअप आर्टिस्ट सन्ध्या पुनलेनिर्बाह गरेकी छिन् । गीत तथा भिडीयो भने रास क्रियसन एण्डइन्टरटेनमेन्टले बजार व्यवस्थापन र प्रवर्दनको जिम्मा लिएको छ रआफु वर्तमान समयमा गीत तथा म्यूजिक भिडीयोले राम्रोलोकप्रियता पाउने कुरामा आफु विश्वस्त रहेको कुरा रास क्रियसनकाम्यानिजिङ डाइरेक्टर आशिष घिमिरेले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु