पोखराको बजारमा नारायण र पार्वती

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७१, मंगलवार १७:४९

काठमाडौं । पोखराको बजारमा नयाँ जोडी भेटिए पार्वती र नारायण । यिनीहरु मायापिरती गाँस्दै पोखरा पुगेका हुन् । उनीहरुको प्रेमका कुरा पोखराको बजारमा देखेपछि धेरैले धेरै कुराको अड्कल नकाटेका पनि होइनन् । पछिल्लो समयका युवायुवतीको घुमघाम र मायाप्रेम देखेर कतिलाई लोभ लाग्ला त कतिलाई लाज । जे होस् यिनीहरुको जोडीले पनि पोखराको बजारमा धेरै मस्ती गरेकै हुन् ।
पोरखाको बजारको नामक गीतको म्यूजिक भिडियोमा देखिएका जोडी हुन् पार्वती राई र नारायण ढकाल । पुरुषोत्तम सिग्देलको शब्द र लयमा रहेको पोखराको बजारकोमा देवी घर्ती र पुरुषोत्तम स्वयम्को स्वर रहेको छ । चाहना फिल्म्सको निर्माणमा तयार गरिएको म्यूजिक भिडियोमा पार्वती र नारायण देखिएका हुन् । बागिना म्यूजिकले बजारमा ल्याउन लागेको उक्त गीतको म्यूजिक भिडियो निर्देशन भने बब्बु थापाले गरेका छन् । यस म्यूजिक भिडियोमा करण चैंसिरको छायाँकन रहेको छ ।

20150105_125348

20150105_134924-1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु