पोखरामा म्युजीक भिडियो बन्नेक्रम बढ्दै

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

गोपिकृण्ण चापागाई


काठमाडौं । भुकम्पले हल्लाएर दुखेको मानव मनहरु बिस्तारै निको हुँदै गएका छन् । संरचनाहरु मर्मत हुँदै छन् । ध्वस्त सम्पदाहरुको पनि पुनः निर्माण हुने कार्य अगाडि बढिरहेका छन् । त्यस्तै मानिसहरु पुनः आफ्नो पुराना कार्यमा फर्किएर दिनचर्या अगाडि बढाईरहेका छन् । भुकम्पको बेला केहि समय रोकिएको म्युजीक भिडियो छायांकन पनि अब बिस्तारै सुरु भईरहेका छन् ।

यस्तै क्रममा गत साता हामी पोखराको रमणिय स्थलहरुमा पुग्यो जहाँ म्युजीक भिडियो धमाधम छायांकन भईरहेका थिए । छायांकन स्थलको नजिकै पुग्यौ र हामीले म्युजीक भिडियो छायांकनको बारेमा केहि बुझ्न खोज्यौं जहाँ एक्सन कट भन्दै थिए निर्देशक मिलन कार्की । निर्देशक कार्की सँग हाम्रो  टिमले केहि समय माग्यो र अनि कुरा गर्न थालियो, भुकम्पको बेलामा पनि म्युजीक भिडियोमा निकै व्यस्त देखिनु हुन्छ नि ? हामीले पहिलो प्रश्न तेर्सायो लगत्तै निर्देशक मिलनले यसरी जवाफ दिए, अब भुकम्प आयो भनेर सधैं हामी दुखी मन गरेर बस्नु हुँदैन । एउटा दैवी प्रकोप थियो, आयो त्यो हामी नेपालीको लागि बिडम्बनाको कुरा हो । अब आ—आफ्नो काममा अगाडि बढ्नु पर्छ । गाउँमा बस्नेले गाउँको काम, व्यावसाय गर्नेले व्यावसायको काम, कला क्षेत्रमा लाग्नु भएकाहरु कलाकै कामलाई अगाडि बढाउनु पर्छ । मेरो पनि यो एउटा काम हो त्यसैले गर्नै पर्यो नि हैनर ।

 priya..1.Still006

निर्देशक मिलन कार्कीले पोखराको केहि दिनको बसाईमा तिन वटा गितको छायांकन सकेका हुन् । कार्कीले दुई आधुनिक गित र एक लोक गितको छायांकन पोखराका बिभिन्न रमणिय स्थानमा बनाएका छन् । जसलाई क्यामेरा मेन सागर गौतमले खिचेका छन् । दर्जनौं म्युजीक भिडियोमा निर्देशन गरीसकेका निर्देशक कार्कीलाई हामीले सोध्यौं काठमाडौंको ठाउँमा छोडेर पोखरा नै रोज्नुको मुख्य कारण के थियो ? उनले भने, काठमाडौंमा पनि छायांकनका लागि त धेरै ठाउँ छन् तर धेरै म्युजीक भिडियो काठमाडौंमा नै बन्छन् नयाँ ठाउँ नयाँ स्वादको म्युजीक भिडियो भयो भने हेर्ने दर्शकलाई पनि आनन्द आवस् । हामीले पोखरामा धेरै रमणिय स्थलहरुमा छायांकन गरेका छौं जसले गर्दा दर्शकलाई पुर्ण रुपमा मनोरञ्जन हुनेछ । चलचित्र निर्देशन समेत गरीसकेका कार्की मोडल बनेर नै निर्देशक क्षेत्रमा आएको बताउँछन् ।

shotting

१. अन्तिम चोटि

अन्तिम चोटि बोलमा रहेको आधुनिक म्युजीक भिडियोमा पोखराका बिभिन्न रमणिय स्थल समेटिएको छ । दिपक शर्माको उत्कृष्ट संगित र शब्दमा बनेको यो गितमा स्वर भने कृष्ण न्यौपानेले दिएका छन् । गितमा मोडल देव कोइराला, प्रतिक्षा खड्का र बाबुराम रोक्काले अभिनय गरेका छन् ।

२. प्रिया

प्रिया बोलको आधुनिक गित पनि उत्कृष्ट बनेको निर्देशक मिलन कार्कीले बताउछन् । भिम कार्कीको स्वर रहेको उक्त गितमा भिम कार्की नै शब्द, संगित रहेको छ । त्यस्तै गितमा मोहन र लिलाको अभिनय देख्न सकिन्छ ।

३. तिमिलाई जुनी जुनि

तिमिलाई जुनी जुनि बोलको लोक गितमा पनि पोखराका लेकसाईडका रमणिय स्थलहरु देख्न सकिन्छ । कैलाश पुन र रितु श्रेष्ठको स्वर रहेको यस गितमा अवतार शाक्यले शब्द कोरेका हुन् त्यस्तै कैलाश पुनको संगित रहेको छ । यस लोक गितमा किसन गाहा मगर र रोजि थापाले अभिनय गरेका छन् ।

 director and camera man

यि तिनै गितलाई सम्मुनत समाज म्युजीक प्रा.ली.ले बजार ल्याउने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु