पोखरामा सुगम सङ्गीत यात्रा हुने

म्यूजिक खबर
प्रकाशित: ११ माघ २०७४, बिहीबार

पोखरा, माघ ११ गते । पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको ३१ शृङ्खला पोखराको चिप्लेढुङ्गास्थित सेलवेज टावरमा हुने भएको छ ।

अनुपम म्युजिक पोखरा, जे. ई. म्युजिक एकेडेमी र त्रिवेणी सङ्गीतालयको आयोजनामा हरेक महिना हुँदै आएको यात्राको आगामी माघ १३ गते शनिबार हुने कार्यव्रmमको व्यवस्थापन सोही टावरमा रहेको ई प्लानेट कन्सल्टेन्सीले गर्ने जनाइएको छ । पोखराबाट निरन्तर सञ्चालित साङ्गीतिक अभियानप्रतिको सम्मान र यसको लोकप्रियतालाई ख्याल बुझेर आफूले कार्यव्रmमको व्यवस्थापन गर्न लागेको ई प्लानेटका सञ्चालक टी. एन. शर्माले जानकारी दिनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभागका प्रमुख रमेश श्रेष्ठको प्रमुख आतिथ्यमा हुने कार्यव्रmममा रामभक्त जोजिजू, नवराज बराल, इतु जोजिजू, शीतल थापा, रोशनी गुरुङ, सुप्रिया गुरुङ, रोम तामाङ, जय चापागाईँ, प्रमियला बराललगायतले आफ्ना प्रस्तुति राख्ने अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु