पोखरेली युवाको रेशम फिरिरी झिम्के परेली

म्यूजिक खबर
प्रकाशित: ७ माघ २०७२, बिहीबार

पोखराका तीन युवाहरुले ‘रेशम फिरिरी झिम्के परेली’ नामक गीतको मयूजिक भिडियो सार्वजनिक गरेका छन् । गण्डकी तारा २०७० का विजेता गायक ओम गुरुङ र संचारकर्मी तथा गायक सन्तोष बस्यालको आवाज रहेको ुरेशम फिरिरी झिम्के परेलीु मा संगीतकार गायक योगेश काजी बिसीको शब्दरसंगीत रहको छ । संगीतप्रेमी एवम निर्माता राजु बास्तोला तथा प्रकाश बास्तोलाको लगानीमा निर्माण भएको यस गीतको म्यूजिक भिडियोलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन् ।

पोखरामा कृयाशिल संस्था ओम फाउन्डेशन नेपाल कास्कीको आयोजनामा ‘रेशम फिरिरी झिम्के परेली’ को म्यूजिक भिडियोलाई सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अग्रज संगीतकार एवम वाध्यबाधक मनोज घलेले पोखरामा गीत संगीतको माहोल बड्दै गएको हुँदा गायनमा मात्र सिमित नराखी आफ्नो कर्मलाई वाध्यबाधनमा पनि समर्पित गर्नु पर्ने जरुरता रहेको प्रस्ट पारेका थिए । उनले ओम सन्तोष र योगेशलाई संयुक्तमा बधाई अनी शुभकामना दिएका थिए ।

reshm
त्यस्तै कार्यक्रममा बोल्दै संगीतकार योगेश काजी बिसीले ‘रेशम फिरिरी झिम्के परेली’ एउटा छुट्टै फेलेवर भएको गीत भन्दै यही गीतलाई लिएर केही समय अघी सामाजिक सन्जाल फेसबुकमा आएको प्रतिकृया प्रती प्रस्ट पार्दै आफुले अब रेशम फिरिरी भाग २ पनि निर्माण गर्ने जानकारी गराएका थिए ।

reshm-1

कार्यक्रममा संचारकर्मी तथा अग्रज लोकगायिका शान्ती गुरुङले ओम सन्तोषको परीचय दिएकी थिइन् । संचारकर्मी तथा रेडियो अन्न्पूर्ण ९३।४ मेघाहर्जका समाचार शाखा प्रमुख गीतकार आर्जु बिष्ट सल्यानिले गीतको बारेमा समिक्षा गर्दै यो गीत टिपिकल शब्दहरुले जोडीएको प्रष्ट पारेका थिए । कार्यक्रममा ओम फाउन्डेशन नेपालले नेपालमा भुकम्प गएको समयमा राहत वितरणमा अन्लाइन पत्रिका जक्सन डटकमले गरेको सहयोग बापत उक्त पत्रिकालाई सम्मान पनि गरेको थियो । कार्यक्रममा ओम फाउन्डेशन नेपाल कास्कीका सल्लहाकार तिर्थराज अधिकारी, गुरुकुल संगीतालयका निर्देशक तिर्थराज पोख्रेलले सम्पूर्ण गुरुहरुको थर्फबाट, रेडियो अन्नपूर्ण ९३।४ पोखराकी प्रबन्ध निर्देशक सुन्यना पालिखेले सम्पूर्ण रडियो संचारकर्मीको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

reshm-2

चर्चित संगीतकार सुनिल थापा ,अग्रज पत्रकार बद्री बिनोद प्रतिक ,नारायण कार्की लग्यात पोखाराका विभिन्न व्यक्तित्व एवम संचारकर्मीको शहभागीता रहेको कार्यक्रमको अध्यक्ष्यता ओम फाउन्डेशन नेपाल कास्कीकी कार्यवहाक अध्यक्ष डिलमाया गुरुङले गर्नुभ्एको थियो भने स्वागत मन्तव्य नेपाल रेड्क्रस सोसाइटी कास्कीकी उपमन्त्री ओम फाउण्डेशन नेपालकी बोर्ड सद्स्य उर्मिला खड्काले गरेका थिए ।

reshm-3
गायक ओम गुरुङ र सन्तोष बस्यालले आफ्नो नयाँगीत प्रस्तुत गरी सम्पूर्णको मन जित्दै गीत निर्माणमा सहयोग गर्नुहुने समपूर्णलाई धन्यवाद व्यक्त गरे । पोखराको साइमन पार्टी प्यालेस सिर्जनाचोकमा सम्पन्न भएको कार्यक्रमको सन्चालन भने ओम फाउन्डेशन नेपाल कास्कीका महव सुरेन्द्र गुरुङले गरेका थिए ।

ओम गुरुङ अनी सन्तोष बस्यालको उक्त गीतमा अभिनय भने चर्चित मोडल नायक नायिका पल शाह र बेनिषा हामलले गरेका छन । भिडियो लाई तपाईं युटियुब मार्फत पनि हेर्न सक्नुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु