प्याउली फूल पहेंलै बजारमा (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७४, बुधबार

राजु बोहरा


२६ पुष, काठमाडौँ । मौलिक लोक दोहोरी गीत ‘प्याउली फूल पहेलै’ बिहानी डिजिटल प्रालिले बजारमा ल्याएको छ । आफ्नै कला संस्कृति र मौलितामा आधारित यो गीतलाली बुढाथोकी र सज्जन बोहराको नाममा बजारमा आएको हो । आफुले जीवनभरसंगै बाँच्छु र संगै मर्छु भन्दै कसम खाएर लगाएको माया एक दिन पनि टाढा हुँदा कहाँ देखौं र कहाँ भेटौं हुन्छ भन्ने भाव लहरीले बुनिएको यस गीतमा लाली बुढाथोकी र सज्जन बोहराको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय तथा शब्द सिर्जना सज्जन बोहराले नै गरेका छन् ।

निकै रोमान्चक शैलीमा तयार भएको यस गीतको म्युजिक भिडियोमा बिनोद श्रेष्ठ, खेम गुरुङ, निर्मला थापा र मिरा राम्जालीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसे साथै सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु