प्रकाश र सम्झनाले भने जस्तै दसैं भइदिए….

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७२, शनिबार

काठमाडौं । नयाँ संविधान बनेको वर्ष सबैको मनमा खुशी र हर्ष तर अहिलेको दसैं त्यस्तो हुन भने सकेन । तैपनि गायक प्रकाश सपुत र सम्झनाले भनेजस्तै दसैं हुनुपथ्र्यो । वर्षदिनमा एकचोटी आउने चाड हो दसैं तर अहिले दशा भित्रिएको जस्तो भएको छ । भुकम्पपछि बाँचिएका हामीले नयाँ संविधान पायौं अब दसैं रमाएर मनाऔं भनेको प्रकाश र सम्झनाले उनीहरुभित्रै नाकाबन्दीको पीडा आइप¥यो । तैपनि उनीहरु अझैं दसैंलाई दसैं जस्तै बनाउने सरकारसँग आग्रह गरिरहेका छन् ।

माइली भाउजुले घर पोत्दै होलिन्,
मलाई सम्झेर ठल्दिदी रोलिन्
आमा बसिछन् मूल बाटो हेरि
कति रमाउलिन् म पुग्दा खेरी

prakash saput
वास्तवमा मुग्लानमा हुनेहरुको दसैंमा घर पुग्दा यस्तै हुन्छ । आफ्नो घर आँगनमा दसैंको रौनक छाउँदा, गाउँमा पिङ हालेर साथीसंगी रमाइरहेका बेला मुग्लानी पुग्दाको अवस्था कस्तो होला कल्पना गरौं न । गायक प्रकाश सपुत र गायिका सम्झना भण्डारीले वास्तवमै दसैंको गीतमा गाउँको यथार्थता बोकेको छ । गाउँको परिवेश गीत सुन्दा नै एकचोटी जसले पनि सम्झन्छ । हिजोको साथीसंगीत, रमाइलो गाउँ, मखमली फुलेको बेला, मार्सिधान झुलेको बेला आएको दसैंको रौनक यो गीतले प्रस्तुत गरेको छ । शिव हमालको शब्द र लयमा तयार पारिएको हे दुर्गा भवानी बोलको यस गीतमा प्रकाश र सम्झनाको स्वर रहेको छ । पृथ्वी इन्टरटेनमेन्टको प्रस्तुतिमा बजारमा आएको यो गीतको म्यूजिक भिडियोमा रन्जिता गुरुङ, प्रकाश र सम्झनाको अभिनय रहेको छ भने प्रकाश भट्टले निर्देशन गरेका छन् । साई भिजन प्रालिको दृश्य निर्माणमा हरिश महराको छायाँकन रहेको म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

durga bhawani

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु