प्रताप भए नेपाली तारा ३

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं । सांगीतिक रियालिटी शो कोकाकोला नेपाली तारा ३ मा मोरङका प्रताप लामाले नेपाली ताराको उपाधी चुम्न सफल भएका छन् । शुक्रबार आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको नेपाली तारा ३ को उपाधी जित्नका लागि छानिएका उत्कृष्ट तीनमध्येबाट प्रतापले बाजी मारेका हुन् । उपाधि भिडन्तका लागि छानिएका सुरेश लामा, प्रताप लामा र देबेस राई मध्य प्रतापले बाजी मारेका हुन् । देवस दोस्रो र सुरेश तेस्रो भए ।
भदौ १७ मा धरानबाट सुरु भई नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै काठमाडौं आइपुगेको कोकाकोला नेपाली तारा ३”को यात्राले प्रताप लामासँगै यस वर्षको शोलाई पूरा गरेको छ ।
प्रतियोगिताको विजेताले एउटा बजाज डिस्कोभर मोटरसाइकल लगायत २ लाख ५० हजार रुपैयाँ र तीनवटा गीत गाउने अवसर पाउनेछन्, जसको तीनवटा म्युजिक भिडियो बनाइने छ। अन्तिम १० प्रतियोगी प्रत्येकले ११ हजार रुपैयाँ पाउनुका साथै ‘टप १०” एल्वममा गाउने अवसर पाउनेछन् । कोका–कोला प्रमुख प्रायोजक हुनुका साथै यसमा डिसहोम र मास्टरपीसले पनि सहकार्य गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु