प्रताप र निशानलाई गाली नगर्न बुद्धको आग्रह

म्यूजिक खबर
प्रकाशित: २८ भाद्र २०७४, बुधबार

भाद्र २८, काठमाडौं । नेपालमा निकै नै रुचाइएको रियालीटि सो ‘नेपाल आइडल’मा अब ३ प्रतिस्पर्धी मात्र बाँकी छन्, निशान भट्टराई, प्रताप दास र बुद्ध लामा । तिनै प्रतिस्पर्धीको उतिकै क्रेज छ, फ्यान र फलोअर्स छन् । यतिबेला तिनै फलोअर्सहरु भने जातियताको कुरा उठाएर आफ्ना मन परेका प्रतिस्पर्धीलाई जिताउने अभियानमा लागेका छन् ।

तर नेपाल आइडलका एक अब्बल प्रतिस्पर्धी बुद्ध लामाले भने जातीयताको नारा नलाउन आग्रह गरेका छन् ।

 

बुद्ध भन्छन्– कोहि मेरो समर्थक जस्तो बनेर निसान र प्रतापलाई गाली गर्नेहरु वास्तवमा यस्ता मान्छेहरु हामी मध्ये कसैको आफ्नो वा समर्थक होइन यो त नेपाली संगीतको दुस्मन हो, यस्तो कुराको पछि नलागीदिनु होला ।’
साथै कुनै पनि प्रतिस्पर्धीलाई गाली गलौज र होच्याउने भावका पोष्ट नगर्न अपिल समेत गरेका छन् । उनले आफ्नो फेसबुक मार्फत यस्तो अपिल गरेका हुन् । आफ्ना दुई प्रतिस्पर्धीसँगको फोटो सेयर गर्दै उनले आफुहरु प्रतिस्पर्धी भएता पनि एउटै क्षेत्रका साधक र मिल्ने साथी समेत भएको बताएका छन् ।

यस्तो उनले लेखेको पुरा पोष्ट पढ्नुहोला :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु