प्रतिभाशाली अमरका चार भिडियो

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७२, बिहीबार

सरेन्द्र महर्जन ‘अमर’ प्रतिभाशाली सर्जक हुन् । उनको सिर्जनाको कुरा ग¥यो भने नामजस्तै अमर छ । कवि, गीतकार एवं चित्रकारका रुपमा उनले आफ्नो परिचय बनाइसकेका छन् भने पछिल्लो समय गायकको परिचय पनि थपेका छन् । उनको लेखनको कुरा गर्नुपर्दा गीत, कविता, गीति नाटक, मुक्तक, हाइकु, तान्का आदि छन् । राम्रो चित्रकारको रुपमा चिनिने प्रतिभाका धनी सुरेन्द्र महर्जन ‘अमर’को यतिबेला एकैसाथ चार म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चारवटा म्यूजिक भिडियोमा अमरको गीतरचना रहेको छ । जसमा शिखा भारती तथा महर्जनको युगल स्वर रहेको ‘चाहनाको फूलबारीमा’, सुरेन्द्रकै स्वरमा रहेको ‘आँखाभरी तिमीलाई’, कर्म ग्याल्छेन बमजनको स्वरमा रहेको ‘जिन्दगी हो आँसु हाँसो’ र सुरेन्द्रकै स्वरमा रहेको ‘भुल्न खोज्छु’ बोलको गीत रहेको छ ।

video release

गीतमा राम कार्की, अविदलगायतका संगीतकारको संगीत समावेश गरिएको छ । सार्वजनिक सम्पूर्ण गीत महर्जन आफंैले लेखेका हुन । मधुशाला म्युजिक प्रा.लिले बजारमा ल्याएको उनको एल्वम ‘अमर भित्रका गीत’लाई म्यूजिक भिडियोमा सार्वजनिक गरिएको हो ।
‘चाहनाको फूलबारीमा’ सनम कठायत र रितिका जिरेलले अभिनय गरेका छन्। ‘आँखाभरी तिमीलाई’ बोलको गीतको म्यूजिक भिडियोमा केके अधिकारी र रितिका जिरेलको अभिनय रहेको छ । त्यस्तै जिन्दगी यो आँसु हाँसोमा दिनेश जंग, पुनम र राजको अभिनय रहेको छ भने भुल्न खोज्छुमा राज अर्जुन र अदितिको अभिनय रहेको छ । चारवटै म्यूजिक भिडियोलाई रोशन कुमारले निर्देशन गरेका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु