प्रतिमासँग राजबल्लभ कोइरालाको इन्गेज्मेन्ट !

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७४, सोमबार


भाद्र १९, काठमाडौंं । नेपाली चलचित्रबृत्तमा नायक राजबल्लभ कोइरालालाई बौद्धिक एवं शारिरीक आकर्षकका धनी नायक भनेर चिनिन्छ ।

 

नेपाली चलचित्र ‘पर्खिबसें’बाट डेब्यु गरेका नायक राजबल्लभ कोइराला हलिउड प्रोजेक्ट ‘हाइवे टु धम्पुस’मा समेत काम गरिसकेका उनै नायक राजबल्लभको इन्गेन्मेन्ट गरेका छन् ।

 

परिवार सहित अमेरिकास्थित वर्जिनिया बस्दै आएका कोइरालाको प्रतिमा विमलीसँग इन्गेज्मेन्ट भएको हो । काठमाण्ठौं हाँडिगाउँ स्थायी घर भएकी प्रतिमा पनि अमेरिकामा परिवार सहित बस्दै आएकी छिन् ।

 

विवाहको मिती भने सार्वजनिक गरिएको छैन । राजवल्लभ र प्रतिमा एक अर्कामा इन्गेज भएकोमा दुवैलाई हार्दिक बधाई तथा शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु