प्रतिलिपी अधिकारको हनन गर्नेलाई कानुनी दायरामा ल्याउन एकजुट, आमरण अनशन बस्ने चेतावनी

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७२, मंगलवार

स्रष्टा सर्जकको प्रतिलिपी अधिकारको हनन गर्नेलाई कानुनी दायरामा ल्याउन सरोकारवालाहरु एकजुट भएका छन् । राजधानीमा गीतकार संघ नेपालले आयोजना गरेको स्रष्टा सर्जक र संगीत ब्यबसायी सम्मिलित बहुसरोकारवाला बीचको अन्तरक्रियामा प्रतिलिपी अधिकार हनन गर्नेलाई कानुनी दायारामा ल्याउनका लागि जस्तोसुकै कदम चाल्नु परे पनि पछि नहट्ने बताएका छन् ।

अन्र्तक्रियामा बोल्दै गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, प्रस्तोता समाज नेपालका उपाध्यक्ष तुलसी पराजुली, संगीत उत्पादक समाजका सचिव परशुराम रिजाल, संगीत उद्योग संघका कोषाध्यक्ष खगेन्द्र याक्सो लगायतले पछिल्लो समय स्रष्टाको सृजनाको अनधिकृत प्रयोग गर्नेक्रम बढेको पाइएकाले त्यस प्रकारको प्रतिलिपी अधिकारको हननकर्ता जो कोहि भए पनि कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताएका छन् । अन्र्तक्रियामा बोल्दै संगीत रोयल्टी संकलन समाजका प्रबक्ता समेत रहेका गीतकार लोकराज अधिकारीले प्रतिलिपी अधिकार हनन् गर्ने र स्रष्टा सर्जकको रोयल्टी पचाउने हरुलाई कानुनी दायरामा ल्याउन सरकारले महत्व दिएर छानविन गर्नु पर्ने माग गरे ।

tulasi parajuli
अधिकारीले स्रष्टा सर्जकको कानुन प्रदत्त प्रतिलिपी अधिकारको कार्यान्वयन र संगीत क्षेत्रका माफियाका बिरुद्ध आमरण अनशन बस्ने चेतावनी पनि दिएका छन् । गीतकार संघका उपाध्यक्ष बिपिन किरणले सहजीकरण गरेको अन्र्तक्रियामा संगीत रोयल्टी संकलन समाजका सदस्य पारस मुकारुङ्ग, संगीतकार संघका महासचिव महेश खडका, कोषाध्यष हरी लम्साल, गीतकार संघका सचिव राम भट्टराई, प्रस्तोता समाजका महासचिव राई नविन, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, संगीतकार शुनिल मास्के, प्रस्तोता समाजका अर्जुन भट्टराई, हाइलाइटस नेपालका जनक तामाङले आफना बिचार राखेका थिए । त्यस अवसरमा बिन्दवासीनी म्यूजिकका सुवास रेग्मीले म्यूजिक नेपालबाट आफनो कम्पनी र कम्पनीबाट निकालिएका सृजनाको डिजिटल प्लेटफर्म मार्फत अनधिकृत प्रयोग गर्दै प्रतिलिपी अधिकारको हनन् गरेकोले न्यायका लागि पहल गरिदिन लिखित माग गरेका थिए ।

subas regmi

सहभागी सरोकारवाला संघ संस्थाका पदाधिकारीले म्यूजिक नेपालबाट बदमासी भएको ठहर गर्दै यस्तो कार्य तत्काल रोक्नका लागि म्यूजिक नेपाल सहित सबै डिजिटल प्लेटफर्मका प्रयोगकर्तालाई पत्राचार गर्ने निर्णय गरेका छन् । अन्तरक्रियामा सहभागी धेरैजसोले म्यूजिक नेपालले आधिकारीक रुपमा उपलब्ध नगराएका सृजनाको पनि प्रतिलिपी अधिकारको दाबी गरेर वास्तविक सर्जकको प्रतिलिपी अधिकारको हनन् गरेको केहि प्रमाणहरु पेश गरेका थिए । सहभागीको गुनासो र निवेदनका आधारमा बहुसरोकारवालाको आजको भेलाले यस प्रकारको गतिबिधि १५ दिन भित्र सच्याउन निर्देशन सहित पत्राचार गर्ने निर्णय गरेको हो । पछिल्लो समय म्युजिक नेपालले अरुको सृजनालाई आफनो भनि दाबी गर्ने र कन्टेन्ट म्याचहुने समस्याबाट पीडित भएको संगीत ब्यबसायी र सर्जकले गर्दै आएका छन् । स्मरण रहोस् यु ट्यूवले केहि दिन पहिले सार्बजनिक गरेको नेपालका टप ५ यु ट्युवरको सूचीमा म्यूजिक नेपाल नम्वर १ मा रहेको छ । जस्ले बार्षिक करोडौको आम्दानी यु ट्युव बाट लिने गरेको भिडियो फुटेजमा उल्लेख छ ।

bipin kiran

geetkar

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु