प्रतिष्ठानको आजीवन सदस्यमा राजेन्द्र र जीवी

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७३, सोमबार

फा«गुन ९, काठमाण्डौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजीवन सदस्यमा नवोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारी र भाइस प्रिन्सिफल जीबी अधिकारी आजीवन सदस्य बनेका छन् । लोक गीत भनेको आफ्नो माता भएको भन्दै अधिकारीद्वयले लोक तथा दोहोरी गीत प्रतिष्ठानका लागि आफू जुनुसुकै बेला पनि सहयोग गर्न तयार भएको बताउँदै आजीवन सदस्यका लागि केन्द्रीय सदस्य रमेशराज भट्टराईमार्फत् प्रतिष्ठानको आजीवन सदस्य बनेका हुन् ।

adhikari
प्रतिष्ठानको नजिकिँदै गरेको रनिङ शिल्डको कार्यक्रम नजिकिँदै गर्दा शिक्षासेवी अधिकारीद्वय प्रतिष्ठानको जुनसुकै कार्यका लागि आफू तयार रहेको बताएका थिए । लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजीवन सदस्य घोषणा गरिसकेपछि प्रिन्सिपल अधिकारीले भने नेपाली कला संस्कृतिको कुनै पनि कार्यको लागि नवोदित कलेज तथा स्कुल परिवार कुनै पनि बेला तयार हुनेछ । अधिकारीद्वय विगत दुईदशक भन्दा अघिदेखि शिक्षा क्षेत्रमा क्रियाशील रही सेवा गरिरहेका छन् । सामाखुशी कपुरधारास्थित नवोदित विद्याकुञ्जले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु