प्रतिष्ठानको युरोप शाखामा सुमीको नेतृत्व

म्यूजिक खबर
प्रकाशित: २६ माघ २०७२, मंगलवार

गायिका सुमी घिमिरेको नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको युरोप शाखा गठन भएको छ । ग्याग्दी जिल्ला स्थायी घर भई हाल बार्सिलोना बस्दै आएकी लोक तथा दोहोरी गायिका घिमिरे अध्यक्षमा चयन भएकी हुन् । सबैभन्दा बढी सदस्यता भएको प्रतिष्ठानको नेपालमा प्रत्येक जिल्लामा शाखा छ भने विदेशमा पनि यसको शाखा विस्तारको क्रम जारी रहेको छ । युरोपका बिभिन्न मुलुकहरुबाट शनिबार पोर्चुगलको लिस्बन पुगेका लोक दोहोरी कलाकारहरु मिलेर शाखा गठन गरेका हुन् ।

सुमीको अध्यक्षतामा गठन भएको प्रतिष्ठानको युरोप शाखाको बरिष्ठ उपाध्यक्षमा भगवान भुजेल चयन भएका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा नबिन भट्टराई र द्वितीय उपाध्यक्षमा पूर्ण अर्याल सर्बसम्मत चयन भएका छन् । यस्तै महासचिवमा शिव सुवेदी, सचिवमा दिपक बुढाथोकी, कोषाध्यक्षमा बिनिता लामिछाने र सह कोषाध्यक्षमा शम्भु सिलवाल चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा सुबासचन्द्र पुन, ईमानसिंह बुढा मगर, अनिता राना, सीता सुवेदी, रुक्मिणी भट्टराई, भुवन अछामी, कुल मगर, तेज गाहा मगर, लालमती गुरुङ, दुर्गा थापा, बिनोद भण्डारी, लिल गुरुङ, अंकिता मगर, आशिष परियार, प्रेम गुरुङ र बिनोद मगर सर्बसम्मत चयन भएका छन् ।

folk & duet song academy
स्पेन निबासी बरिष्ठ लोकगायक राजेन्द्र लम्साललाई संरक्षक रहेको उक्त शाखामा प्रवक्तामा पोर्चुगलका जे.बी.ओली चयन भएका छन् । यस्तै सल्लाहकारहरुमा मुक्त बहादुर गुरुङ, भिम कमल केसी, लव थापा, शिब कुमार बरुवाल, हेमराज शर्मा र देबीदत्त शर्मा रहेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक समेत रहेका लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, एनआरएनए पोर्चुगलका अध्यक्ष भिम कमल केसी, आईसीसी सदस्य रमेश कुमार गुरुङ लगायतको उपस्थिति रहेको थिया । युरोप शाखामा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई म्यूजिक खबर डटकम हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु