प्रतिष्ठानको साधरणसभामा बस्नेत, अर्याल र त्रिपाठी सम्मानित

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७४, आईतवार

२५ भाद्र २०७४, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सोह्रौ साधारण सभाको अवसरमा वरिष्ठ लोकगायक कुमार बस्नेत, गायक देवी अर्याल र संचारकर्मी शोभा त्रिपाठीलाई सम्मान गरिएको छ । नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको हातबाट उनीहरुलाई सम्मान गरिएको थियो ।


नवलपरासीमा सम्पन्न भएको प्रतिष्ठानको १६ औं साधरणसभाका अवसरमा नेपाली लोक कला संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका बस्नेतलाई प्रतिष्ठानले रु.५५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको हो । त्यसैगरी नारायण पाण्डे स्मृति पुरस्कारबाट लोक गायक देवी अर्याललाई सम्मान गरिएका थियो भने लोक संगीतको संरक्षण र सम्बद्र्धनमा पत्रकारिताको माध्यमबाट योगदान दिएवापत गायिका तथा संचारकर्मी शोभा त्रिपाठीलाई सम्मान गरिएको थियो । लोक गायक आचार्य र लोकसञ्चारकर्मी त्रिपाठीलाई १५ हजार ५१५ रुपैया सहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले म्यूजिकखबरलाई जानकारी दिए ।


नवलपरासीको बर्दघाटमा भाद्र २४ गते भएको साधारण सभामा उत्कृष्ट जिल्ला पाल्पा भयो भने उत्कृष्ट अञ्चल लुम्बिनी हुन सफल भयो । त्यस्तै उत्कृष्ट क्षेत्रको रुपमा नवलपरासी  बन्न सफल भयो ।


त्यसैगरी केन्द्रिय कार्यसमितिमा वर्षभरिको कार्यसम्पादनलाई आधार मान्दै सदस्यद्वय रमेशराज भट्टराई र मुना थापालाई उत्कृष्ट सदस्यका रुपमा सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु