प्रतिष्ठानमा नेतृत्वको अभाव । वार्ता असफल

म्यूजिक खबर
प्रकाशित: १६ चैत्र २०७०, आईतवार

काठमाडौं, १६ चैत । गायिका मन्जु महत चढेको स्कुटरलाई माइक्रोले ठक्कर दिएपछि उनको ग्राण्डी हस्पिटलमा निधन भएको थियो । निधनपश्चता् सम्पूर्ण लोकदोहोरी, आधुनिक क्षेत्रका कलाकारहरुले आफ्नो सम्पूर्ण व्यवसाय बन्द गरी ग्राण्डीमा पुगेक थिए । करिब ५ सयभन्दा बढीको उपस्थितिमा रहेको कलाकारहरुको भीडलाई लोक तथा दोहोरी गीत प्रतिष्ठानले अगुवाई गरेको जस्तो देखिए पनि नेतृत्वको अभाव भने त्यहाँ खड्किरहेको थियो । उपस्थित कलाकारहरुका अगाडि कसले नेतृत्व लिने भन्ने विषयमा न प्रतिष्ठानको केन्द्रीय समितिका कुनै अगाडि देखिए न समन्वय समितिका । अगाडि बढेर मासलाई सम्झाउन र नेतृत्व गरेर वार्ता सफल बनाउनका लागि अघि बढ्न प्रतिष्ठानको तर्फबाट असक्षम देखिएपछि त्यसको नेतृत्व प्रस्तोता समाजका उपाध्यक्ष हेमन्त शर्माले गरिरहेका थिए । भीड ग्राण्डी हस्पिटलमा राति १२ बजेसम्म बाहिर शान्तिपूर्ण धर्ना दिइरहेको थियो ।
गायक हेमन्त शर्माको नेतृत्वमा राति महाराजगन्ज प्रहरी कार्यालयमा गएको वार्ता टोलीमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठान उपत्यका समन्वयका अध्यक्ष शिव हमाल, गायिका कोमल वली, प्रतिष्ठानका सल्लाहकार दुर्गा रायमाझीलगायतको टोली रहेको थियो । तर गोंगबु माइक्रो ब्यवसायी संघका प्रतिनिधिमा हुलाकीका रुपमा कार्यालय सचिव र सदस्य मात्र भएपछि वार्ता असफल भएको थियो । उक्त वार्तामा प्रहरीको दबाब भए पनि कुनै पनि माग अगाडि नबढाइ वार्ता टोली पुनः ग्राण्डी पुगेको थियो । वार्तामा प्रमुख प्रभु ढकालले तपाईंहरु सडकमा जान सक्नुहुन्छ भन्ने धम्कीसमेत दिएपछि वार्ता असफल भएको एक स्रोतले बतायो ।
वार्ता टोली ग्राण्डी पुगेपछि त्यहाँ रहेको मासलाई कसरी सम्झाउने र अगाडि बढ्ने कार्यायोजना कसरी बनाउने भन्नेमा पनि निकैबेर छलफल भएपछि मासलाई सम्झाउँदै प्रतिष्ठानका सल्लाहकार दुर्गा रायमाझीले आज विहान ८ बजे ग्राण्डीमा सबैलाई उपस्थित हुन अनुरोध गरेका थिए । तर हरेकपटक त्यहाँ नेतृत्वको अभाव खड्किरहेको देखियो । लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील कलाकारलाई कसले नेतृत्व लिने भन्ने विषय भने सधैं अभावभित्रै रहेका कारण महतको शव अहिलेसम्म पोस्टमार्टमको कार्य अगाडि बढेको पनि छैन भने क्षतिपूर्तिका लागि कुनै निकायले पहलसमेत गरेको छैन उल्टो प्रहरी फोर्सलाई परिचालन गरी पीडितहरुलाई पीडा दिने काम भइरहेको अवस्था भएको स्रोतले बतायो ।

IMG_6436 IMG_6434 IMG_6431 IMG_6430 IMG_6433

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु