प्रतिष्ठानमा बद्रीको नेतृत्व, भारी मतको अन्तरले अध्यक्षमा विजयी

म्यूजिक खबर
प्रकाशित: १२ आश्विन २०७३, बुधबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनबाट गायक बद्री पंगेनीको नेतृत्वमा ३९ सदस्यीय कार्यसमिति चयन भएको छ । प्रतिष्ठानका अध्यक्ष पदका लागि गायक पंगेनीको अलावा विष्णु खत्री र टिकाराम चपाईंको उम्मेदवारी परेको भए पनि दुवैलाई भारी मतको अन्तरले हराउँदै पंगेनी विजयी भएका हुन् । पंगेनीले ८८८ मत ल्याएर विजयी भएका हुन् भने अध्यक्षका दुई प्रत्यासी खत्रीले ५०८ र चपाईंले ३३० मत ल्याएका छन् ।

badri-pangeni
त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विजीले ८८३ मत ल्याएर भारी अन्तरले विजयी भएका छन् । उनका प्रत्यासी ऋषिलाल श्रेष्ठले ३८२ र गायक विमलराज क्षेत्रीले ४६२ मत ल्याएका छन् । त्यसैगरी प्रथम उपाध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भइसकेका थिए भने द्वितीय उपाध्यक्षमा रामजी खाँडले विजयी हासिल गरेका छन् । महासचिवमा भएको चुनावमा सुवास केसी विजयी भएका छन् । उनका प्रत्यासी शिरिष देवकोटालाई हराउँदै केसी महासचिवमा विजयी भएका हुन् ।

lok
त्यस्तै उपमहासचिवमा चोलेन्द्र पौडेल ९७६ मतले विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नारायण लेकालीले ७०९ मत ल्याएका थिए । त्यसैगरी सचिवमा शंकर बिसीले ११०८ मत ल्याएर विजयी भएका छन् भने सचिव पदमा नै खुमन अधिकारीले १०१५ र कृष्ण रेउलेले ७५५ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा दीपक खड्का निर्विरोध निर्वाचित भएका हुन् भने सहकोषाध्यक्षमा टीका पुनले १२६४ मत ल्याएर प्रतिस्पर्धी नारायण भुसाललाई पछि पार्दै विजयी भएकी छिन् ।

muna-thapa

त्यदस्य खुला सदस्य पदमा भने बहुमत ल्याएर शिव हमाल विजयी भएका हुन् भने महिलातर्फ देवी घर्ती सबैभन्दा अगाडि देखिइन् । हमालले १४५५ र घर्तीले १४४१ बहुमत ल्याएर विजयी भएका हुन् । त्यसैगरी खुलातर्फको सदस्यमा पार्वती राई १३३६, राजु ढकाल १२४९, कुलेन्द्र विश्वकर्मा १२०९, राजन ठकुरी १०५७, वसन्त थापा ९२८, सन्तोष आलेमगर ९०१, जीवन दाहाल ८८२, हरि डाँगी ८५८, प्रचण्ड जीसी ८५४, रमेशराज भट्टराई ८५३, ईश्वरी प्रसाद भुसाल ८०६, राजन गुरुङ ७८०, विनोद बाजुराली ७७९ मत ल्याएर विजयी भएका छन् । खुला सदस्यतर्फ १४ जनाको लागि ३४ जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै महिलातर्फ देवी घर्तीले नेतृत्व गर्दै बहुमतले विजयी भएपछि मुना थपामगर १२८८, पूर्णकला बिसी ८४१, जमुना राना ८१८, जानकी तारमी मगर ७८४ मत ल्याएर विजयी भएका हुन् । यसअघि नै महिला उपाध्यक्षमा रिता थापामगर निर्विरोध निर्वाचित भएकी थिइन् भने महिला सचिवमा राधिका हमाल निर्विरोध भएकी थिइन् । त्यस्तै प्रदेश नं. २ संयोजकमा कृष्ण प्रसाद गौतम, प्रदेश नं. ३ संयोजकमा रमिला न्यौपाने, प्रदेश नं. ४ संयोजकमा तारापति सुवेदी, प्रदेश नं. ५ संयोजकमा लक्ष्मण खड्का, प्रदेश नं ७ संयोजकमा सुरत रावत रहेका छन् ।

अध्यक्षको पदमा विजयी भइसकेपछि म्यूजिकखबरसँग कुरा गर्दै अध्यक्ष पंगेनीले भने म लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्व गर्दै गर्दा सबैलाई मिलाएर समग्र गीतसंगीतको प्रतिनिधित्व गर्नेछु भने । उनले गीतसंगीत क्षेत्रको सबै संस्थासँग समन्वय गर्दै गीतसंगीत क्षेत्रमा देखिएका समस्याको समाधानमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्छु पंगेनीले भने – ‘चुनाव भनेको हार र जित हुन्छ तर मैले जिते पनि ४० हजार सदस्यकै जित हो म सबैसँग मिलेर अगाडि बढ्नेछु ।’ मलाई चुनावमा जिताउनु हुने सबैलाई हार्दिक आभार प्रकट गर्दै पंगेनीले समग्र लोकदोहोरी क्षेत्र नै गीतसंगीतको आमा हो, यसको संरक्षण र सम्बद्र्धनमा मेरो सक्रियता रहनेछ, पंगेनीले भने ।

कार्यसमितिका सम्पूर्ण विजयी उम्मेदवारहरुलाई म्यूजिकखबर डटकमको तर्फबाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु