प्रतिष्ठानमा रमेश बिजीलाई किन जिताउने ?

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७३, आईतवार

रमेश बिसी प्रतियोगितात्मक लोकदोहोरीबाट एउटा उचाइ कायम गरेका व्यक्तित्व हुन् । एउटा राम्रो सर्जकका रुपमा उनलाई लिन सकिन्छ । स्याङ्जामा जन्मिएर लोकदोहोरीलाई मै आफ्नो जीवन समर्पण गर्दै आएका रमेश बिसी संस्थापक सदस्यमध्येका एक प्रतिनिधि हुन् । अबको कार्यकालमा संस्थापक सदस्यबाट उनीमात्र एक प्रतिनिधिका रुपमा कार्यसमितिमा आउन लागेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका छैठौं महासधिवेशनमा वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवार दिएका बिसी योभन्दा अगाडिको कार्यकालमा महासचिव जस्तो गरिमामय पदको कार्यभार सम्हालिसकेका छन् ।

प्रतिष्ठानलाई सवल, सुदृढ, गतिशील बनाउँदै अगाडि लैजान रमेश बिजीको आवश्यकता भएको महसुस लोककलाकारहरुले गरेका छन् । उनको बौद्धिक क्षमता, लगनशीलता र सबैलाई सँगै लिएर जानुपर्छ भन्ने सोच नै वरिष्ठ उपाध्यक्षका लागि महत्वपूर्ण देखिन्छ । उनी पदका लागि आफू उम्मेदवार नभएको तर प्रतिष्ठानको हिजोका शाख बचाउँदै भोलि नेपाली कला संस्कृति धरापमा नपरोस् भन्नका लागि मरिमेट्ने सर्जक हुन् ।

ramesh
पछिल्लो समय लोक तथा दोहोरी गीतमा देखिएको विकृति, विसंगीत र विचलनलाई समाधान गर्नका लागि पनि रमेश बिजीलाई जिताउनपर्ने उनको धारणा रहेको छ । प्रतिष्ठानको सदस्यहरु अहिले ४० हजारभन्दा बढी भइसक्दाको अवस्थामा यो उचाइलाई अझ चुलीमा पु¥याउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको दाबी छ । घर अग्लो भए भुकम्पले हल्लाउँछ तर अग्लो बनाउँदै जाँदा मजबुत पनि बनाउनु पर्छ उनले भने । प्रतिष्ठानमा रमेश बिजी नरहँदा पनि प्रतिष्ठानको उचाई चुलिनुपर्छ भन्ने सोच उनीसँग छ । त्यस्तै लोकदोहोरीको क्षेत्रमा संस्कारको विकास हुन नसकेको उनी बताउँछन् । आज हामीले अग्रजको सम्मान गरेनौं भने भोलिका दिनमा हामीलाई पनि सम्मान हुँदैन भन्ने बुझ्नु जरुरी छ बिसीले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु