प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन सम्पन्न

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७०, बुधबार

काठमाडौं । नेपाली भाषा–साहित्य, कला र संस्कृतिको समुन्नत विकासको लागि महिला शक्ति र सिर्जनालाई प्रोत्साहित गर्दै डायस्पोरामा रहेका भावीपिढीमा नेपाली भाषा साहित्य, कला र संस्कृतिलाई हस्तान्तरण गर्दै लाने मूल उद्देश्य बमोजिम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन मार्च १ र २ तारिखका दिन न्युयोर्कमा कवि गोष्ठीको साथै विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
महिला साहित्यकारहरूको पहुँचलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा गीतकार तथा कवि बसन्त चौधरीलाई सम्मान गरिएको छ । मार्च ८ मा कोलोराडो र मार्च १६ मा जोर्जियामा आयोजना हुन लागेको विश्व काव्य यात्रामा सहभागी हुन कवि तथा गीतकार चौधरी त्याहाँ पुग्नु भएको हो । साथै उक्त कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा र अशेष मल्ल लगायत अन्य कविहरूलाई पनि सम्मान गरिएको हो । उक्त कार्यक्रममा विभिन्न कविहरूका साथमा कवि तथा गीतकार बसन्त चौधरीले पनि आफ्नो कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा गायिका पविता परियारले गायन प्रस्तुत गर्नु भएको थियो । साथै उपस्थित कविहरूले यस्ता खालका कार्यक्रमले नेपाली साहित्यलाई विश्व साहित्य माझ उभ्याउन महत्वपूर्ण टेवा पुगेकोले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका छन्  ।

2

 

1

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु