प्रदिपका कारण सन्ध्याको जिन्दगीमा हुरी चलेपछि …(भिडियो)

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७४, बुधबार

पुष १९, काठमाडौं । नेपाली चलचित्र नगरी र मोडलिङ्ग क्षेत्रमा संघर्ष गरिरहेकी मोडल तथा कलाकार सन्ध्या पौडेलको जिवनमा हुरी चलेको छ । हालै सन्ध्या र प्रदिप रुम्बा अभिनित म्युजिक भिडियो ‘’हुरी चल्यो जिन्दगीमा’’ सार्वजनिक भएको छ ।

नेपाली गित संगीत आकाशमा निकै नै चर्चित गायिका मेलिना राईको सुमधुर स्वर रहेको ‘हुरी चल्यो जिन्दगीमा’ बोलको गितलाई सनम पुरुषले लेखेका हुन भने पुरुषले नै गितमा संगीत भरेका हुन ।

गितको म्युजिक भिडियोलाई दिनेश डाङ्गीले निर्देशन गरेका हुन । भिडियोलाई अभिनाष डिसिले सम्पादन गरेका गरेका हुन् ।
गितको भिडियोलाई चप्पली हाईट र रानी बनको भ्यु टावर वरपरका सुन्दर ठाउँहरुमा सुशील डाङ्गीले छायांकन गरेका हुन् । सुशील डाङ्गीको प्रस्तुतिमा रहेको गितको भिडियोलाई दिनेश डाङ्गीले निर्माण गरेका हुन ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु