प्रदिपराज श्रेष्ठको पृथक् मन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७२, बुधबार

साहित्यकार तथा चित्रकार प्रदिपराज श्रेष्ठ पृथकको दोस्रो साहित्यिक क्ृति ‘पृथक् मन’ सार्वजनिक गरिएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षता एवम् सम्पन्न भएको उक्त कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्यको प्रमुख आतिथ्यतामा उक्त कृति पृथक मनको सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा गीतकार संघका महासचिव शुभ मुकारुङ, निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाललगायतको आतिथ्यता रहेको थियो ।

pradipraj
भरतपुर दाङमा जन्मिएका प्रदीपराज हाल सरकारी सेवामा कार्यरत छन् । विभिन्न सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन् । पृथक मन सार्वजनिकपछि अतिथिहरुले सफलताको शुभकामना व्यक्त गरेका थिए । संगीतकार सन्तोष श्रेष्ठद्वारा संचालन गरिएको उक्त कार्यक्रममा साहित्यकार प्रदीपराज श्रेष्ठले आफ्ना लेखनको सुरुवात र भोगाइलाई प्रस्तुत गरेका थिए । चित्रकला र साहित्यमा ख्याति कमाएका प्रदीपराजको पृथक मन गीत तथा गजल सङ्ग्रहमा २५ गीत र ३० गजल समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु