प्रदीप रानाभाटको रोमान्टिक गीत ‘प्रेममा परेछु…’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७४, बुधबार

पुष १२, काठमाडौं । अष्ट्रेलियामा बसोबास गरिरहेका गायक प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वरको ‘प्रेममा परेछु…’ शीर्षकको रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलियामै निर्माण भएको उक्त भिडियोलाई समेत रोमान्टिक शैली कै बनाइएको छ । मोर्डन लभ सङ भनिएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् । सुरेन अष्ट्रेलियामा सुरेन्स फोटोग्राफीको नामले स्थापित छन् । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

स्याट प्रँे ईन्टरटेन्मेन्टले निर्माण गरेको म्युजिक भिडियोका गीतका शब्दहरु झैं रोमान्टिक बनेको छ । अस्टे«लियाका मनोरम दृष्यहरुमा छायांकन गरिएको भिडियोमा गायक प्रदीप रानाभाट तथा सपना रानाभाटले अभिनय गरेका छन् । सपनाको यो पहिलो म्युजिक भिडियो हो । भिडियोमा उनीहरुको जोडी वास्तवमै रोमान्टिक देखिएको छ ।

टेक बयलकोटीद्वारा छायांकन तथा सम्पादन गरिएको उक्त भिडियोको कलर करेक्सन भने काठमाडौंमा गरिएको हो । मोक्ष प्रोडक्सनका प्रवीण श्रेष्ठले भिडियोमा कलर करेक्सन गरेका छन् । पूनम तथा रायन  निर्माता रहेको भिडियोलाई हाइलाइट्स नेपालको यूट्युब च्यालनमार्फत सार्वजनिक गरिएको हो ।

यस्तो छ प्रेममा परेछुको म्युजिक भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु