प्रधान र कार्कीलाई स्वामी नारायणचार्य श्रृति अभिनन्दन

म्यूजिक खबर
प्रकाशित: २१ भाद्र २०७२, सोमबार १४:३८

काठमाडौं । गीतसंगीतको क्षेत्रमा क्रियाशील रहेको श्रुति सङ्गीत विद्यालयले १२औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा स्रष्टा अभिनन्दन तथा सम्मान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीकोे हातबाट गायकद्वय प्रेमध्वज प्रधान तथा आनन्द कार्कीलाई २५ हजार राशिसहितको ‘स्वामी नारायणाचार्य श्रुति अभिनन्दन’ सम्मान प्रदान गरियो । त्यस्तै देविका वन्दना र रमण घिमिरेलाई ५ हजार ५ सय ५५ रुपैया राशि सहितको ‘श्रुति संगीत सम्मान’द्वारा अभिनन्दन तथा सम्मान गरेका छन् ।

news pic (2)
उक्त अवसरमा श्रुति संगीत विद्यालयका अध्यक्ष नरहरि प्रेमीले आफुहरुले विगतका वर्षहरुमा पनि यस क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मान गरेको स्मरण गर्दै आउँदा दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने बताए भने श्रुति संगीतलाई विभिन्न तह र तप्काबाट सहयोग पु¥याउने सबैलाई धन्यवादा ज्ञापन गरे ।

news pic (1)
प्रमुख अतिथिको आशनबाट बोल्दै सत्यमोहन जोशीले श्रुति संगीत विद्यालयले यस क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै अभिनदित तथा सम्मान पाउनेहरुलाई बधाई दिए । संगीतलाई विश्व भाषाको रुपमा लिइन्छ भन्दै सत्यमोहन जोशीले श्रुति विद्यालयको एकल प्रयासको जतिनै प्रशसा गरे पनि कम हुने बताए । त्यस्तै विशेष अथितिको आशनबाट दिपक जगंमले पनि श्रुति विद्यालयको कार्यको जति नै प्रशसा गरे पनि कमहुने भन्दै यो संस्थाका कृयाकलापबाट अरुहरुले पनि सिक्नु पर्ने बताए । अभिनन्दन तथा सम्माननित स्रष्टा प्रमध्वज प्रधानले यस सम्मानले आफूलाई थप हौसला र प्रेरण मिलेको बताए । उक्त कार्यक्रममा प्रेमध्वजका गीतहरु जुना प्रसाईं, प्रमोद खरेल, प्रकाश नेपाली, दिपिका श्रेष्ठ, अमृत क्षेत्री, सुमिना लोले गाएका थिए । कार्यक्रममा संगीतकार राजु सिंह, तुलसी पराजुली, हेमन्त शर्मालगायतका गीत संगीत क्षेत्रका विशिष्ठ व्यक्तित्हरुको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु