प्रमोदको झुम्कावलीमा झुमे नेपाली

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७२, सोमबार

मलेसियामा प्रमोद खरेलको झुमा झुम्कावलीमा नेपालीहरु झुमेका छन् । चाइनिज न्यू इयरको अवसरमा मलेसियामा भएको फ्रेन्डसीप धमाका–७ मा गायक प्रमोद खरेलको पछिल्लो गीत झुमा झुम्कावलीमा नेपाली दर्शकहरु झुमेका हुन् । सधैभरि कम्पनीमा काम गर्ने नेपालीहरुलाई बल्ल बल्ल मिलेको छुट्टिको अवसरमा गायक खरेलको गीतले सबै थकाइ मेटाइदिएको छ ।

कार्यक्रम संचालक नरेश भट्टराइले कार्यक्रमको अन्त्यमा मोस्ट डिमान्डेड गायक भन्दै प्रमोदलाई बोलाएपछि दर्शकको ताली र हुटिङ मिलेको थियो । उनको झुमा झुक्कावलीमा वान्स मोर वान्स मोर भन्दै दर्शकहरुको ताली आएपछि माहौल नै अर्कै भएको थियो ।

pramod kharel-1
करिब १ हजार दर्शक उपस्थित उक्त सांगीतिक कार्यक्रममा आफ्ना विभिन्न चर्चित गीत गाएर दर्शकलाई रिझाएका उनले पछिल्लो चोटी नयाँ गीत ‘ओए झुमा झुम्कावाली’ बोलको गीतले दर्शकहरुलाई बेस्सरी झुमाए । दर्शकहरु स्वतस्फूर्त उनीसँगै गाए र कम्मर मर्काइमर्काई नाचेर साथ दिए । कार्यक्रममा मलेसियास्थित विभिन्न संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिनेता सुनील थापा, नायिका रेखा थापाको पनि प्रस्तुति रहेको थियो भने गायिका गायिका अमृता लुङगेली मगरले ‘के होला शुभ नाम’ गीत गाउँदा दर्शक मञ्च छेउमै पुगेर मजाले नाचेका थिए । कार्यक्रममा हास्य कलाकारद्वय किशोर भण्डारी ‘डिट्ठा साब’ र रेश्मा तिमलसिना बाबु छोरीको भूमीकामा मञ्चमा अभीनय गर्दा दर्शकहरुमा हाँसोको फोहोरा छुटेको थियो । कलाकार शिव विक, विशाल नेगी, सुमित स्याङतान लगायतको ‘डान्स पर्फमेन्स’ले दर्शकको ध्यान उत्तिकै खिच्यो ।

pramod kharel
आज भएको मलेसियको क्वालालम्पुरमा भएको फ्रेन्डसीप धमाका निरन्तर विभिन्न शहरहरुमा भएको थियो । फेब्रुअरी ६, ७ मा भएको जोहरबारु र पेनाङको कार्यक्रमपछि आज ८ तारिखमा भएका क्वालालम्पुरको कार्यक्रमले धूम मच्चाएको छ । भोली ९ तारिख बातुपहातमा हुने कार्यक्रममा पनि कलाकारहरुले मलेसियामा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु