प्रमोदले अब ‘आक्रान्त’ बनाउने

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७४, बिहीबार

पुष २०, काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

२०६१ सालमा बनेको चलचित्र ‘पागलपन’बाट निर्देशकीय यात्रा थालेका प्रमोदले विन्तीपत्र, इलाका, कृष्ण बाबु, सन्देश, गंगाजल, सपथ, मन पराए माया लाए जस्ता चलचित्रहरुको निर्देशन गरेका छन् ।

प्रमोद भण्डारीले निर्देशन गर्ने भनीएको नयाँ चलचित्र ‘आक्रन्त’ नारी प्रधान चलचित्र भएको प्रमोदले बताएका छन् । चाँडै नै मुहुर्त गरि काम थालनी गर्ने यस चलचित्रका लागि प्राय प्रविधिक छनौट भइरहेको/भइसकेको प्रमोदले बताएका छन् ।

कलाकारहरु भने कुरा भैसकेको/भैरहेको प्रमोदले बताए । फागुनतीरबाट छायांकनमा जाने लक्ष्य राखीएको ‘आक्रन्त’मा प्राय नयाँ पुराना कलाकार समावेश गराउने लक्ष्य प्रमोदको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु