प्रमोद खरेलले किन मागे मुटु (भिडियो हेर्नोस्)

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७४, मंगलवार

२३ माघ, काठमाडौं । चर्चित गायक प्रमोद खरेलले मुटु फिर्ता मागेका छन् । कसलाई दिएका थिए र मुटु फिर्ता मागेका हुन् । उनको मुटु लैजाने को थिए आखिर धोका मिलेपछि नै फिर्ता मागेका होलान् ।

गायक प्रमोद खरेलको स्वरमा रहेको पछिल्लो गीत फिर्ता मुटु मेरो सार्वजनिक भएको छ । कार्यक्रम प्रस्तोताका रुपमा परिचित अर्जुन राजको शब्द रचना रहेको फिर्ता गर मुटु मेरो… लाई सन्तोष श्रेष्ठले संगीत भरेका छन् । यस गीतको म्यूजिक भिडियोलाई सवनम मुखियाले निर्देशन गरेकी छन् । पछिल्लो समय मुखियाले म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहँदै आएकी छिन् । नेपालको पहिलो महिला छायाँकार समेत रहेकी मुखियाले चलचित्र निर्देशनसमेत गरेकी छन् ।

यस म्यूजिक भिडियोलाई रामशरण उप्रेतीले छायाँकन गरेका छन् भने तारा थापा किम्भेले सम्पादन गरेका छन् । श्याम कुँवरले कलर गरेको यस म्यूजिक भिडियोलाई ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले पोष्ट प्रोडक्सन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु