प्रवासकै कथामा बुद्धिमान

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७३, बिहीबार

फागुन १२, काठमाण्डौ । मकवानपुरे लोक गायक बुद्धिमान घिसिङ विशेष गरी गाउँको कथासँग नजिक छन् । समाजमा भएका यथार्थपरक घटनाक्रमले उनलाई सदैव झ–झल्को दिइरहने हुँदा लोक अर्थात् समाजबाट टाढा जान सकेनन् । मनभरि अनेकौं रहर बोकेर हिंडेका बुद्धिमान समाजअनुकुल बन्न खोज्दा पनि रहरलाई पूरा गर्न बाध्यताले नदिँदोरहेछ बुद्धिमान भन्छन् । एउटा गायक बन्ने सपना मनमा राखेर पनि लोकदोहोरीकै पेरिफेरीमा घुमिरहेका बुद्धिमान बाध्यताले गर्दा परदेशीनु परेको बताउँछन् । मनभरि विभिन्न रहरहरु हुन्छन्, घरपरिवार एकातिर आफू प्रवासतिर हुँदा झन् गाउँको सम्झना बढ्दोरहेछ । देशको सम्झना प्रवासको परिवेश अनुसार नै परिवर्तन गराउनुपर्दाको पीडा उनीभित्र धेरै छन् । व्यक्तिगत रहरलाई कुण्ठित गर्दै अरब भूमिमा धेरै वर्ष बिताइसकेका छन् ।

buddhiman

मकवानपुरको बिकट गाउँ डाँडाखर्कमा जन्मिएर हाल मकवानपुर मनहरी बस्दै आएका घिसिङले हालसम्म व्यक्तिगत लगानीमा ६ वटा एल्बम प्रकाशित गरिसकेका छन् । उनको पहिलो एल्बम “छुट्टिमा घर आको..“ मा लय÷शब्द घिसिङ स्वयंमकै थ्यो भने चर्चित गायिका बिष्णु माझी र चर्चित गायक कुलेन्द्र बि.क.को थियो । दोस्रो एल्बम “घर छोडेर जानु प¥या छ..“ मा चर्चित गायिका मुना थापा र गायक रामजी खाँडको स्वर थियो । जसमा एकनारायण भन्डारीको शब्द र घिसिङको भाका रहेको थियो । तेस्रो एल्बम “चाहियो जागिर हुनी..“ र चौथो “ आउने दशैँ नी..“ बोलको दुवै एल्बममा लय र शब्द घिसिङ स्वयंकै थियो भने जसमामा विनु तामाङको साथमा घिसिङ स्वयम्को र गायिका बिनु तामाङ स्वर रहेको थियो ।

nisthuri mayalu
अरबको खाडीमा जागिरे गायक घिसिङ मकवानपुरका राम्रा प्रतिभा हुन् । जीवनको घडीमा भोगेका आरोह अवरोहलाई नै उनले शब्दमा उतार्छन्, भाका बनाउँछन् र स्वर पनि प्रदान गर्ने गर्छन् । उनका गीतहरु प्राय गरेर प्रवासकै भूमिमा उत्पन्न भएको देखिन्छ । छुट्टिमा घर आकोदेखि घर छाडेर जाने कुरा वा घर छाड्दाको विवशता उनका गीतमा पाइन्छ । केही समय अघि मात्र छुट्टिमा नेपाल आएका घिसिङले एक महिना भित्र २ वटा एल्बम सार्बजनिक गरेका छन् । घिसिङको शब्द र संगीतमा मकवानपुर मनहरी निवासी गायिका बिनिता लामाको आवाजमा रहेको आधुनिक गीत “छोडी जाने निस्ठुरीलाई… “ बजारमा आउनु लगतै घिसिङकै शब्द÷लयमा मुना थापा र घिसिङकै स्वर रहेको लोकदोहोरी “निस्ठुरी मायालु…“ बोलको लोक गीत सार्वजनिक भै सकेको छ । गीतमा पनि मायाप्रेम भित्रकै आरोह अवरोह देखिन्छ । गाउँ परिवेश, आफू घर छाड्दा प्रेमी अर्कैसँग हिंडेको कुरा पनि उनको गीतमा देखिन्छ । पछिल्लो समय समाजमा विद्यमान रहेको घटना श्रीमान विदेश गएपछि श्रीमती अर्कैसँग हिंडेका कुरा उनको पछिल्लो दोहोरीमा झल्किएको छ । यतिबेला यूट्यूब जस्तो सामाजिक सञ्जाल, रेडियो, टेलिभिजनमा राम्रो स्थान पाइरहेको छ घिसिङका दुई गीतले । यी दुवै गीतमा मोडल गीता राई र बुद्धिमान घिसिङको अभिनय समेत रहेको छ । “छोडी जाने निस्ठुरीलाई..बोलको गीति संग्रहलाई कृष्ण फिल्म र “निस्ठुरी मायालु..“ बिन्ध्यबासिनी म्युजिजले बजार ब्यबस्थापन गरेका छन् । घिसिङ्लाइ उक्त एल्बम निर्माणका निम्ति मृगतृष्णा कला साहित्य डबली मनहरी–३ मकवानपुर ले बिशेष सहयोग गरेका थिए ।
म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु