प्रवासबाटै सङ्गीतमा भुपेन्द्रको आगमन

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७३, शनिबार

bhupendra-ghartiमाघ २२, काठमाण्डौ । नेपालमा गीत सङ्गीतको क्षेत्र धरासयी जति धरासयी बन्दै गइरहेको छ त्यति नै प्रतिभाशाली सर्जकहरुको आगमन पनि हुँदै गएको छ । यसै क्रममा रोल्पा राङ्कोटका प्रतिभाशाली गायक भुपेन्द्र घर्ति मगरले पनि यस क्षेत्रमा प्रवेश गरेका छन् । यतिबेला परदेशी भुमी मलेसियालाई कर्मथलो बनाउँदै आएका भुपेन्द्रको स्वरमा दुइवटा गीतहरु रेकर्डिङ भएका छन् ।

माधव रोका मगरको शब्द तथा प्रस्तुतिमा ‘देशमा अन्याय धेरै भैरहेछ’ मा भुपेन्द्रको शब्द र मिठो आवाजमा गीतको रेकर्डिङ सम्पन्न भएको हो । जसमा ओमिता बिसीको लय तथा स्वर रहेको छ ।desh-dipendra-ghartiत्यस्तै भुपेन्द्रले ‘हाँस्न सकिन पिडा सहेर, मर्छु बरू विष पिएर’ मा समेत भुपेन्द्रले प्रवासी भुमिबाटै गीत रेकर्ड गर्न भ्याएका छन् । रोशन आले मगरको शब्द तथा प्रस्तुति रहेको यस गीतमा भुपेन्द्रलाई ओमिता बिसीले स्वरमा साथ दिएकी छिन् ।hasna sakina-dipendra-gharti

 

दुबै गीतको उत्पादक तथा वितरक प्रियशी म्यूजिक प्रा.लि रहेको छ । आफु र आफ्नो आवाजलाई पत्याएर गीत गाउने अवसर दिएकोमा माधव रोका मगर र रोशन आले मगर प्रति धन्यवाद दिंदै आभार प्रकट गर्दै भुपेन्द्रले आगामी दिनमा यस क्षेत्रमा निरन्तरता दिने प्रतिक्रिया दिए । भुपेन्द्र यतिबेला अन्य थुप्रै गीत सङ्गीतका काममा व्यस्त बनिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु