प्रवासबाट चम्किएका पासाङ

म्यूजिक खबर
प्रकाशित: २४ फाल्गुन २०७३, मंगलवार

म्यूजिक खबर/मलेसिया

परदेश जानु हुन्न, नेपालमै सुन फलाउन सकिन्छ भन्ने उखानजस्तै भइसकेको छ आजभोलि । मुलुक युवा विहिन बनिसकेको छ, रेमिट्यान्सविनाको देशको कल्पना गर्न नसकिने अवस्थामा पुगेको छ । मनभरि सपना बोकेर विदेशिने युवाहरुको ताँती उस्तै छ, मुलुकमा रोजगारको विकल्प नदेखेपछि भौंतारिँदै विदेश जाने मनहरु अन्नतः बहकिएको मनलाई सिर्जनाबाट सान्त्वना दिँदै आउँदा एउटा राम्रो सर्जकका रुपमा परिचित बनिरहेको पनि छन् ।

pasang_tamang
नेपालको पुर्वी भाग साहित्यको भण्डार बनेको छ । खोटाङ, भोजपुरको माटोमा पनि सिर्जनाको सुगन्ध भेटिन्छ भन्छन् । त्यही सिर्जना फलाउने अर्को पहाडी जिल्ला धनकुटा पनि हो । धनकुटाको रमणीय स्वर्गजस्तै ठाउँमा २०४६ साल जेठ ३ गतेका दिन पिता जित बहादुर तामाङ र माता सानू माया तामाङको कान्छो सुपुत्रको रुपमा जन्मिएका थिए गीतकार पासाङ तामाङ ।

हँसिलो मुहार मिलनसार स्वाभावका गीतकार तामाङको सानैदेखि नेपाली गीति लेखनमा खुबै रुचि थियो । तामाङ फुर्सदको समयमा गीतहरु लेख्ने अनि गाउँघरमा मेलापात, दाउरा घाँस उकाली ओराली गर्दा आफैंले लेखेका गीतहरु गुनगुनाउँदै उनको बाल्यकाल बितेको थियो ।
आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्ज्वल भबिष्य बनाउने सुन्दर सपना बोकेका थिए तामाङले । तर सोचेजस्तो कहाँ हुन्छ र जीवन । गीत नै छ नि सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन । हो ठ्याक्कै उनको गीतले भने जस्तै तामाङको जीवनमा पनि भएर छाड्यो ।

Pasang_tamang_1
देशको दर्दनाक अवस्था अस्तब्यस्त राजनीतिको चपेटामा परेर गीतकार तामाङ पनि अन्ततः अरु नेपाली युवाहरु जस्तै हरियो पासपोर्ट हातमा लिएर मुङ्लान पस्न बाध्य भए । तर उनको परदेश यात्रा अरुको भन्दा निकै फरक थियो। अरुको परदेश यात्रा आफ्नो घरको चुलोमा आगो बाल्त त कति युवाहरु आफ्ना सुन्दर भबिष्यको खोजीमा परदेशिदै थिए । तर गीतकार तामाङ देशमा बस्नै नसक्ने बाताबरण सिर्जना भएपछि बाध्यता बस परदेशीको बताउँछन् ।

pasang tamang
आफ्नो देश र आफन्त गाउँघरलाई छोडेर निकै टाढा जानुपरे पनि अरुको ओठमा खुशीको लहर देखिन्थ्यो । तर गीतकार तामाङको मुहारमा आफ्नो देश र आफ्नै देशको माटोमा पसिना बगाएर जीवनयापन गर्ने सपना तुहिएको पीडाले मन भित्रभित्रै भतभती पोलिरहेको थियो ।
अनगिन्ती सपनाहरु मध्यको एउटा अर्को सपना थियो आफ्नो शब्दहरुलाई रेकर्ड गराएर नेपालको कुना–कुना डाँडा पाखा भिर पहरामा गुन्जाउने । जब हातामा हरियो पासपोर्ट प¥यो त्यतिबेला लागेको थियो एउटा अर्को सपना पनि अधुरो नै रहने भयो ।

गीतकार तामाङ परदेशमा रहेकै बेला एकदिन संयोगले गायक तथा संगीतकार मनिपाल राई सँग भेट भयो । त्यही दिनदेखि अनि आफ्नो गीत रेकर्डिङ गर्ने सपना पुरागर्छु भन्ने अठोट लिए । संगीतकार मनीको साथ र आफ्नो आँटले गर्दा उनले परदेशमा बसेर आफ्नो एकल शब्द रहेको गीति एल्बम “तिम्रो यादमा” नेपाली संगीतपारखी मनहरुमाझ पस्कन सफल भएका छन् ।
उक्त एल्बममा “तिम्रो यादमा“ नेपालकै ख्यातिप्राप्त गायक गायिकाहरुको आवाज रहेको छ भने संगीत गायक तथा संगीतकार मनिपाल राईले दिएका छन् ।
गीतकार तथा मोडेल तामाङले परदेशमा बसेर गीत मात्रै रेकर्ड गराउनु भएन । सबै गीतहरुका म्युजिक भिडियो समेत बनाइ सक्नु भएका तामाङले आफ्नै गीतको म्युजिक भिडियोमा आफ्नो अभिनय पस्कन सफल भएका छन् । नेपालकै हट नायिका भनेर चिनिने नायिका शुष्मा कार्की सँग अभिनय गर्न पाउँदा उनी निकै खुशी छन् । आफूले काम गरिरहेको भूमि मलेसियामै भिडियोको छायाँकन गर्ने अवसर पनि उनलाई मिल्यो ।

pasang_tamang
तिम्रो यादमा चार वटा गीत समावेश गरिएको छ । जसमा मैले हार्दा, कहिले तिमीलाई, बाँचुन्जेल, कहिले तिमीलाई जस्ता गीत समावेश गरिएको छ । जसमा अन्जु पन्त, प्रमोद खरेल, अमर राई र सुनिता पन्तको स्वर समावेश गरिएको छ । शुभकामना मिडिया सोलुशनबाट बजारमा आएको यस एल्बमका चारवटै गीतको म्यूजिक भिडियो पनि निर्माण भइसकेका छन् । अबको आगामी यात्रा भनेको गीत लेखन सँगै मोडेलिङ क्षेत्रलाई पनि साथै लिएर अगाडि बढ्ने उनको योजना रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु