प्रिमियर गर्दै मन त परदेशी

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७४, शुक्रबार

२३ भाद्र २०७४ काठमाडौं । देव नेपालको लेखन निर्देशन रहेको चलचित्र मन त परदेशी यतिखेर प्रिमियर गर्दैमा व्यस्त रहेको छ । स्वदेश छाडेर परदेश गएका पात्रहरुलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र मन त परदेशीले प्रिमियर शो सम्पन्न गर्दै आफ्नो प्रचार प्रसारको शैलीलाई अगाडि बढाएको हो । मन त परदेशी चलचित्र एउटा परदेशीको कथालाई बोकेको आभाष नामैले पनि दिन्छ । गाउँमा हुँदा साथीसँगीको संगतले बरालिएको चलचित्रको प्रमुख पात्र परदेशमा पुगेर अनेक समस्या झेल्दै नेपाल फर्किन्छ । उ परदेशी भए पनि उसको मन परदेशी भएको हुँदैन यता उसले मन पराएकी केटी उसकै लागि तड्पिएकी हुन्छे । एकले अर्कालाई मन पराए पनि सुरुवातमा केटाको गलत कार्यकै कारण केटीले केटालाई तिरस्कार गर्नु र पछि केटी नै केटाका लागि आफ्नो सतित्व समेत गुमाउन पर्नु तर त्यही कुरा केटाले थाहा नपाउनु जस्तो दरिलो कथाबस्तु चलचित्रमा प्रस्तुत गरिएको छ ।


दिपेशराज पाण्डे, समीता गिरी लगायतका कलाकारहरुको भूमिका रहेको चलचित्र मन त परदेशीलाई दुर्गा बहादुर खड्काले निर्माण गरेका हुन भने सह निर्माता भूवन शर्मा कंडेल र यसोदा शाही रहेका छन् । अनाथ बालबालिकाको सहयोगार्थ भदौ ३१ गते नेपालगंजमा पनि विशेष शो गर्न लागिएको निर्देशक देव नेपालले बताए । असोज ६ गतेदेखि देशभर पर्दशन हुने भनिए पनि विशेष कारणले पछि सरेको निर्देशक नेपालले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु