प्रियंकाले शब्द फिर्ता लिइन् । विवादको समाधान

म्यूजिक खबर
प्रकाशित: ११ श्रावण २०७१, आईतवार

काठमाडौं । अभिनेत्री प्रियंका कार्की पत्रकार जीवनकुमार पराजुलीबीच भएको विवादमा कार्कीले पत्रमार्फत् आफूले शब्द फिर्ता लिएको र प्रेसको सम्मान गर्दै एकआपसमा रहेको सम्बन्धलाई समधुर बनाउने खोजेको बताएपछि विवादको समाधान भएको जनाइएको छ । अभिनेत्री प्रियंका कार्कीसँगको बिबाद अन्तत आएर समाधान भएको छ । अभिनेत्री कार्कीको फोटो प्रकरणलाई लिएर उनले फेसबुक स्टाटस मार्फत प्रेस बिरुद्ध अभिव्यक्ति दिएपछि उनि बिरुद्ध चलचित्र पत्रकार संघका सदस्य जीवन कुमार पराजुलीले अभिनेत्री कार्कीको अभिव्यक्तिलाई लिएर संघमा उजुरी हालेका थिए । प्रेसको मर्यादा भुल्न नहुने भन्ने बिषयमा अभिनेत्री प्रियंका कार्कीसँग चलचित्र पत्रकार संघले वहस थालेको थियो । अन्तत अभिनेत्री प्रियंका कार्कीले तत्कालिन अवस्थामा आवेगमा आफुले सो स्टाटस राखेको र प्रेसको सम्मान गर्दै स्टाटस हटाएर अभिव्यक्ति फिर्ता लिएका कारण जनाएकोले अभिनेत्री कार्कीसँगको बिबाद टुङ्गिएको हो । अभिनेत्री कार्कीले चलचित्र पत्रकार संघलाई लेखेको पत्रमा भनेकी छिन –
”सञ्चारकर्मी तथा पत्रकार साथीहरुसँग मेरो सम्बन्ध सधै राम्रो रहिआएको र आउदो दिनहरुमा पनि यो सम्बन्ध कायमै राख्नको लागि, मैले लेखेको स्टाटसमा व्यक्तिगत रुपमा कसैको नाम नलिएको अवस्थामा पनि कसैले चित्त दुखाउला वा कसैले व्यक्तिगत रुपमा लिनुहोला भन्ने सोच राखेर नै उक्त स्टाटस सम्मान पुर्वक आफ्नो शब्दहरु फिर्ता लिदै हटाए । जुन स्टाटसले गर्दा यो कुरा यहाँसम्म आइपुगेको छ, उक्त स्टाटस नै हटाएको अवस्थामा यो सम्पूर्र्ण मामला यहि नै टुङ्गिने मैले बुझेकी छु । कलाकार र पत्रकारको सहकार्य र मेलमिलापले नै चलचित्र उधोग बिकासको पथमा लम्किने भएकोले, हाम्रो सहकार्य सधै रहिरहोस भन्ने कामना सहित यो निवेदन पेश गरेकी छु । – प्िरयंका कार्की ।
माथि उल्लेखित अभिव्यक्ति आफ्नो स्टाटस सच्याउदै अभिनेत्री प्रियंका कार्कीले शब्द फिर्ता लिएकोले यो विवाद टुङगाइएको चलचित्र पत्रकारको विज्ञप्तिमा जनाइएको छ । त्यस्तै सम्पूर्ण उद्योगको विकाशमा कलाकार वा चलचित्रकर्मी र चलचित्र पत्रकारहरुको हातेमालो जरुरी रहेको बताउँदै संघले आगामी दिनमा पनि कुनै चलचित्रकर्मीवाट प्रेस जगतको मर्यादा उल्लङ्घन नगर्न र पत्रकारहरुबाट पनि प्रेसको मर्यादा कार्यान्वयन गर्दै कार्यरत रहनु पर्नेमा जोड दिएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु