प्रेमको चरम विन्दु हो सेक्स :विनिता

म्यूजिक खबर
प्रकाशित: २३ माघ २०७०, बिहीबार

काठमाडौं, २३ माघ । पछिल्लो केही वर्षयता नेपाली चलचित्रमा ‘आइटम नम्बर’, किस सीन’ र ‘बेड सीन’जस्ता दृश्यांकन बढ्दै गएपछि अभिनेत्रीहरु नीजि जीवनमा पनि सेक्सबारे खुल्न थालेका छन् । यस्तै, उदाउँदो अभिनेत्री विनिता घिमिरेले सेक्सप्रति निकै खुल्न थालेकी छन् । विनिताको भनाइलाई सापटी लिने हो भने ‘सेक्स’ जीवनको एउटा पाटो हो । उनी ‘व्यायफ्रेन्डसँग सेक्ससम्बन्ध हुनलाई सामान्य मान्छिन् ।
खुला र स्पष्ट धारणाकी विनिता सेक्सका कुरा लुकाउने जमाना गइसकेको बताउँदै भन्छिन्, ‘ब्वायफ्रेन्ड छ भनिसकेपछि सेक्सको अनुभव छैन भन्नु वाहीयात हो ।’उनले सेक्सलाई प्रेमको चरम विन्दुका रुपमा लिएकी छन् । चलचित्र क्षेत्रमा करिअर निर्माणमा रहेकी विनिताले खुलेरै आफ्नो ‘ब्वायफ्रेण्ड’ भएको बताइन् । उनले भनिन्, ‘भएको कुरा लकाएर लुक्दैन । फेरि हाम्रो चलचित्र क्षेत्र कति नै ठूलो छ र ? एक दिन थाहा हुने कुरा लुकाउन मलाई छैन ।’ कुराकानीकै क्रममा विनिता प्रेम र सेक्सबारे खुल्दै गइन् । उनले आफ्नो पहिलो सेक्स अनुभव शेयर गर्दै भनिन्, ‘पहिलोपटक डर र कौतुहलता लाग्यो तर सोचेभन्दा फरक रहेछ सेक्स ।’ ब्वायफ्रेन्डसँग सेक्स सम्बन्ध भए पनि करिअर बनाएरपछि मात्र बिहेबारे सोच्ने उनको भनाइ छ ।
करिब पाँच वर्षअघि रजतपटमा करिअर खोज्दै झापादेखि राजधानी छिरेकी विनिता अभिनीत चलचित्र ‘राहदानी’ प्रर्दर्शोन्मुख छ । उनी उक्त चलचित्रबाट आशावादी पनि छिन् । विनिता भन्छिन्, ‘अहिलेसम्म काम गरेका चलचित्रमध्ये ‘राहदानी’बाट अपेक्षित छु ।’ हुन त उनले आधा दर्जन चलचित्रमा अभिनय गरिरहेकी छन् तर ती कुनै प्रदर्शन भएको छैन । ‘मन परेपछि’ चलचित्रमार्फत रजतपटमा डेब्यु गरेकी विनिताले ‘मतान’, ‘लभ इन क्राइम’, ‘नो टेन्सन’जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् । तर ती चलचित्र प्रदर्शन हुन बाँकी नै छ ।
विनिताले अहिलेसम्म आफूले सोचेजस्तो भूमिका गर्न नपाएको सुनाउँदै भनिन्, ‘मैले आफ्नो प्रतिभा सही ठाउँमा प्रयोग गर्न पाएकी छैन । केही हदसम्म राहदानीमा पाएकी छु ।’ उनले भूमिका जस्तोसुकै भए पनि मसलेदार चलचित्रमा अभिनय गर्ने आफ्नो इच्छा सुनाइन् ।

IMG_7993

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु