प्रेमगीतमा अलपत्र परे डा. बराल र पोखरेल

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७२, आईतवार

मायाप्रेमको कुरा गरौं भने कोही मायाबिना मर्छन् त कोहि अलपत्र पार्ने काम गर्छन् । त्यो श्रृंखलामा गीतसंगीतका क्षेत्रमा हुन् या चलचित्रका क्षेत्रमा एकले अर्कालाई अलपत्र पार्ने काम गरेकै हुन्छन् । यस्ता अलपत्र पार्ने र पर्नेहरुमध्ये परेका छन् गीतकार डा.कृष्णहरि बराल र संगीतकार अर्जुन पोखरेल । यी दुईलाई भने चलचित्र प्रेमगीतले अलपत्र पारेको छ ।
चलचित्र प्रेम गीतको गीतसंगीत यतिबेला चर्चाको शिखरमा छ । डा.कृष्णहरि बरालको शब्द रचनामा रहेको म त अलपत्र पर्छु तिमी नभएको बेला, मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला धेरै चर्चामा छ । त्यस्तै शीर्ष गीत रहेको अर्जुन पोखरेलको संगीत र शब्दमा रहेको म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस् पनि उत्तिकै चर्चामा छ । हुन त प्रेम गीतका सबै गीत एकसेएक चर्चामा छन् तर त्योभन्दा पनि माथि यी दुई गीतको चर्चा फरक रुपमा रहेको छ । पछिल्लो समय डा.बरालको गीत अझ चर्चाको शिखरमा पुग्ने गरेको छ । हुन त पहिलाका सबै गीतहरु चर्चायोग्य बनेका छन्, जुन सदाबहार बनेर हरपल बजिरहने गरेको छ । जति सदाबहार गीत छन् त्योभन्दा नि फरक फरक विषयवस्तुमा मायप्रेमका गीतहरुलाई बरालले पछिल्लो समय प्रयोग गर्दै आएका छन् । चलचित्रको कथाअनुसारका गीतहरुले गर्दा चलचित्र र त्योभित्रका गीतसंगीतलाई उचाइ दिलाइरहेको हुन्छ । बरालको शब्द मात्र होइन अर्जुन पोखरेलका शब्द पनि उत्तिकै चर्चित छन् । मायाप्रेमको गहिराईमा पोखरेल पनि डुबेका छन् । मायामा हुनुपर्ने सद्भाव पोखरेलका शब्द भित्र रहेका छन् ।

baral-pokhrel
प्रेम गीत माघ २९ बाट प्रदर्शनमा आउन लागेको चलचित्र हो । चलचित्रमा रहेको ८ वटा गीत यतिबेला यूट्युबको अडियो बक्समा चर्चित बनिरहेको छ । दिनदिनै चर्चा पाइरहेका गीतसंगीतले चलचित्रलाई पनि उचाई मिलेको छ । म यस्तो गीत गाउँछु, म त अलपत्र पर्छु, जब पुग्छ रिभर साइड, तिर्खा लागेको, मैले सोचेको जस्तो जस्ता गीत रहेका छन् । जसमा म यस्तो गीत, जब पुग्छु रिभर साइड र मैले सोचेको जस्तो अर्जुन पोखरेलले लेखेका छन् । म त अलपत्र डा.बरालले लेखेका हुन् भने तिर्खा लागेको बोलको लोक फ्लेबरको गीत यादव लम्सालले लेखेका छन् । सुगम पोखरेल, अन्जु पन्त, स्वरुपराज आचार्य, पशुपति शर्मा र पूर्णकला बिसीको स्वर रहेको छ । चलचित्रको एकल संगीतकारका रुपमा अर्जुन पोखरेल रहेका छन् । चलचित्रलाई आसुसेन फिल्म्सको ब्यानरमा सन्तोष सेनले निर्माण गरेका हुन् । सुदर्शन थापाको निर्देशन रहेको यस चलचित्रमा सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, पूजा शर्मा, प्रदीप खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु