प्रेमध्वज सहित यी व्यक्तित्व सम्मानित हुने !

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७५, बिहीबार

जेठ १७, बनेपा । चौथो ‘सुन्दरादेवी सन्देश म्युजिक अवार्ड’मा प्रेमध्वज प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, राम अविरल थापालाई रङ्ग पत्रकारिता सम्मान तथा पुरस्कार शिवराम भण्डारीलाई लोक सञ्चारकर्मी सम्मान तथा पुरस्कार, मच्छेश्वर सापकोटालाई दीर्घ कलाकारिता सम्मान अनि हरि कमाचार्यलाई कलाकारिता सम्मान प्रदान गरिने भएको छ । सुन्दरादेवी सन्देश म्युजिक अवार्ड आयोजक टिमले बुधबार काभ्रेको वनेपामा पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो ।

आगामी २६ जेठमा काभ्रको बनेपामा हुने अवार्ड समारोहमा प्रेमध्वजलाई ११ हजार १ सय ११ रुपैयाँ र सम्मान गरिने छ । त्यस्तै राम अविरल थापा र शिवराज भण्डारीलाई ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान रहेको छ ।

विभिन्न ३८ विधामा प्रदान गरिने यो अवार्डको लोक, आधुनिक, तामाङ सेलो, पपसहित गीत, सङ्गीत, शब्द, म्युजिक भिडियोलगायतमा उत्कृष्ट पाँचको मनोनयन केही दिन अघि सार्वजनिक गरिएको थियो । ‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराको साथ मोफसलको नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा हुने यो राष्ट्रिय अवार्डको व्यवस्थापन नाटेश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लिले गर्ने भएको छ ।

उतकृष्ट पाँचबाट सार्वोत्कृष्ट एक छान्नका लागि भोटिङ पनि सुरु गरिएको छ । भोटिङ गर्नका लागि एसएस एम ए टाइप गरि सम्बन्धित स्रष्टा सर्जकको नाम लेखि भोटिङ कोर्ड लेख्नु पर्ने अध्यक्ष किरण अधिकारीले जानकारी गराए ।

‘अवार्डलाई सभ्य र भव्य बनाउनका लागि सम्पूर्ण तयारीमा हामीहरु जुटेका छौ’ अवार्डका अध्यक्ष अधिकारीले भने ।
पहिलो दोस्रो क्षेत्रियस्तरमा भएको यो अवार्ड तेस्रो संस्कणदेखि राष्ट्रिय स्तरमा हुन लागेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु