प्रेम प्रस्ताव त कति कति !

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७२, सोमबार

गायन र मोडलिङ कलाका दुई फरक बिधा हुन् । कमैले मात्र यी दुबै बिधालाई एकसाथ अगाडी बढाउने आट गरेका छन् । तर गायिका लक्ष्मी आचार्यले भने यी दुबै बिधालाई एक साथ लिएर अगाडी बढेकी छन् ।

मोतीनगर टिकापुर कैलालीकी आचार्य बिगत पाँच बर्षदेखी यी दुबै बिधालाई एकसाथ लिएर हिडिरहेकी छन् । दोहोरी गायनबाट कलाक्षेत्रमा हाम फालेकी आचार्यले तिन चर्चित लोकदोहोरी एल्बम पनि दिएकी छन् संगितीक क्षेत्रमा । ‘नजिक नजिक सछर्न्’, ‘तीन साल अमेरीका’, ‘यो मोरीको घैटोमा कहिले घाम लाग्ने हो’ जस्ता उनका चर्चित दोहोरी भाका हुन् ।  यी मध्य ‘यो मोरीको घैटोमा कहिले घाम लाग्ने हो ..’ अघिल्लो बर्ष सार्वजनिक भएको हो । जसको चर्चा अझै छ ।  यो गितमा उनलाई खुमन अधिकारीले गायनमा साथ दिएका छन् भने अन्य गित उनले खुमन अधिकारी र रामजी खाडसँग गएकी छन् ।

12506875_1539675679682590_1853031276_n (1)

सानैदेखि गीत गाउने आचार्य अहिले आधुनीक गीतको एल्बम तयारीमा छिन् । बिभिन्न प्रकारको गीत समेटिएको यो एल्बम छिट्टै बजारमा आउने उनले बताइन् । एल्बममा उनले ‘पाउजु बजाउछु म…’बोलको एक डान्सिङ नम्बर पनि समेटेकी छन् रे । बिभिन्न महोत्सव तथा कार्यक्रमलाई तारगेट गरेर उक्त गीत बनाएको उनले सुनाइन् ।

दोहोरीबाट आधुनिक गीत गायनमा जम्प मारेकी आचार्य आफ्नो कलासंस्कृति झल्कने जुनै पनि गित आफुले आउने बताउँछिन् । दोहोरी र आधुनिकमा गीत गायनमा धेरै फरक भए पनि गायिकाले सबै गीत गाउनु पर्छ भनेर आफुले दुबै हात बढाएको सुनाइन् ।

12511734_1539675546349270_1425635331_n

गायनमा मात्र होइन उनी मोडलिङमा पनि चिनिएकी छन् । आफ्ना लोक तथा आधुनीक गीतमा आफैले मोडलिङ गरेकी आचार्यले बाहिरको दर्जन बढी गीतमा समेत मोडलिङ गरेकी छन् । गायन र मोडलिङ दुबैबाट चर्चा पाएको बताउने आचार्य लोक गीतको भन्दा आधुनिक तथा सेन्टीमेन्टल गीतको भिडियो मोडलिङबाट धेरै चर्चा मिलेको बताउँछिन् ।

मोडलिङमा समाजलाई पच्ने र सकारात्मक चर्चा हुने ग्ल्यामर दिने गरेको बताउने आचार्यको मनमा एउटा रहर अधुरै छ अझै । त्यो हो चलचित्रको गित गाउने । गायनलाई नै निरन्तरता दिदै जाँदा त्यो पनि पुरा हुने उनले सुनाइन् । अबिबाहीत आचार्यलाई घरपरीवारबाट पनि सपोट त्यतिकै छ । सायद त्यसैले होला उनलाई अगाडी बढ्न सजिलो भएको पनि ।

12498688_1539676736349151_871895993_n

कलायात्राको सुखद पक्ष मात्र होइन उनीसँग दुःखका अनुभव पनि त्यतीकै छ । ‘सुरुवा गायनमा लाग्दा धेरै दुःख पाइयो ’ उनले भनिन् ‘राजधानीमा कती समय भोकै पनि सुतेकी छु ।’ जे जस्तो दुःख परेपनी त्यती बेला गरेको संघर्षले अहिले सुखद अनुभुती भर्न पाएको उनको भनाई छ ।

12528093_1539676646349160_990492130_n

अबका दिनमा पनि लोक तथा आधुनी गायनलाई  सँगसँगै लाने सोचाइकी आचार्यको मन पर्ने गायक गायिका लोक गितका खुमन अधिकारी र बिष्णु माझी हुन् भने आधुनिकका स्वरुपराज आचार्य र अञ्जु पन्त रहेका छन् ।  समय अनुसार फेसन गर्न रुचाउने आचार्यलाई आफ्नो आखा सबैभन्दा मनपर्ने अंग हो रे । सोध्दा भनिन् ‘मेरो आखा सेक्सी छ ।’ अझै केही बर्ष बिबाह गर्ने सोचाई नरहेको आचार्यलाई बिबाह र पे्रम प्रस्ताव पनि त आउँछ होला नी ? प्रश्न राख्न नपाउदै जवाफ फर्काइन् कति कति ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु