प्रेम वियोगमा खुश्बु

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०७२, बुधबार

काठमाडौं । अभिनेत्री खुश्बु खड्का यतिबेला प्रेम वियोगमा परेकी छन् । प्रेममा परेको प्रेमीलाई छाडेर विहे गर्न लागेको बेला उनका प्रेमीले आत्महत्या गरेपछि उनी प्रेम वियोगमा परेकी हुन् । नेपाली समाजमा बाबुआमाको आज्ञा अनुसार अर्काको घर जानु पर्ने बाध्यतामा उनी परेकी हुन् । प्रेम वियोगमा परेकी खुश्बुको न विहे भयो न प्रेमी नै रह्यो अहिले उनी अतित सम्झिँदै दोधारमा आफ्ना मनका पीडा पोख्न बाध्य छन् ।
लोकदोहोरीको क्षेत्रमा प्रेम वियोगका शब्दहरुले सजिएको गीत म मरेको पल… यतिबेला डिजिटल मार्केटमा राम्रो चर्चा पाइरहेको छ । रामु बिसी र पूर्णकला बिसीको स्वरमा सजिएको लोकदोहोरी गीत म मरेको पल पुरै वियोगान्त शैलीमा रहेको छ ।

khusbu khadka

अशोक केसीको शब्द, रामु बिसीको लय र बीबी अनुरागीको एरेन्ज रहेको यस गीतको म्यूजिक भिडियोलाई भने जीवन सेन्चुरीले निर्देशन एवं सम्पादन गरेका छन् । रामेश्वर हुमागाईंको छायाँकन रहेको यस म्यूजिक भिडियोको कार्यकारी निर्देशक भने गायत्री थापा रहेकी छन् । भिडियोमा खुश्बु खड्काको अभिनय रहेको छ भने शिवदर्शन डिजिटलले यसको बजार प्रबद्र्धन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु