प्रेरणा र आयुष यस वर्षको लिटिल स्टार

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७२, आईतवार

काठमाडौं । गत चैत १० गते काठमाडौंको राष्ट्रय नाच घरमा सम्पन्न बाल प्रतियोगिता ‘लिटिल स्टार -२०१६’मा प्रेरणा भट्टराई र आयुष जोशी यस वर्षको लिटिल स्टार बन्न सफल भएका छन् । विभिन्न इभेन्ट तथा ट्यालेन्ट प्रतियोगिता आयोजना गर्दै आएको ईभेन्ट कम्पनी ई फर इन्टरटेनमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा उनिहरु विजयी भएका हुन्।
छात्र र छात्रा गरि करिब २६ बालबालिकाले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा छात्राहरुमा प्रेरणा भट्टराई र छात्रहरुमा आयुष जोशी लिटल स्टार बन्न सफल भए लगतै उनीहरुले अवार्ड र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । प्रतियोगिताको फष्ट रनर अपमा सिनियर छात्रा तर्फ निश्मा भण्डारी र छात्रमा उत्कृष्ट पराजुली छानिए भने जुनियर तर्फ छात्रामा एड्रीना रिजाल फस्ट रनर अप बनिन् । सेकेन्ड रनरअपमा सिनियर जुनियर तर्फ तीन बालबालिका सोभना प्याकुरेल, सुभा पाण्डे र सर्बज्ञ प्रसाई चुनिए ।

IMG_9027
प्रतियोगितामा विभिन्न विधाहरु समावेश गरिएको थियो । जस मध्य लिटिल फोटोजेनिकमा अंकिता योगी र संदेश शाही, लिटिल ह्यान्डसम प्रत्युस ठाकुर र ब्युटी बिजेता भईन् । आशिका थापा र आयुष जोशी बेस्ट पर्सनालिटी, सेंजल लिम्बु र रिजन चौलागाई बेस्ट पर्फमेन्स, श्रिष्टि बराल र प्रत्युस ठाकुर बेस्ट ड्रेस, सभाना र आयुष एसमस किंग अनि क्वीन भए । लिटिल क्युट अनुष्का देवकोटा, इंटलिजेंट मानवी ठाकुर, बेस्ट स्माइल एड्रीना रिजाल, बेस्ट क्याटवाक सोनिया खड्का, मोस्ट डेडीकेट आबु झोछे, मोस्ट कंफीडेन्ट र मोस्ट इनरजेटिक प्राप्ती पोखरेल भईन ।

IMG_8555-300x200
२६ प्रतियोगी मध्य विभिन्न चरणमा प्रतिष्पर्धा गराई लिटल स्टार चूनिएको थियो । उक्त प्रतियोगितामा, अन्तरास्ट्रिय ख्याती प्राप्त मोडल दिपक घिमीरे, अभिनेता मूकेश ढकाल, मोडल क्षितिजा शाक्य, म्यान हन्ट नेपाल मोडल निर्जन थापा, मिस युथ दिपिका केसी र संचारकर्मी समिर श्रेष्ठ निर्णायकको रुपमा प्रस्तुत थिए । कार्यक्रममा गायकहरु यम बराल, हिमाल सागर, गायिका स्मृति पोखरेल अतिथि थिए जसमा उनीहरुले आफ्नो प्रस्तुति समेत दिएका थिए ।

IMG_8594-300x200
कर्यक्रमको आयोजक संस्था ई फर इन्टरटेनमेन्टकी प्रमुख प्रियंका सिटौलाले साना बालबालिकालाई आत्मनिर्भर बन्न सिकाउन र मोड्लिंगको क्षेत्रमा भविष्य बनाउन सहयोग गर्ने हिसाबले लिटल स्टारको आयोजना गरिएको र आगामी बर्ष पनि यसलाई निरन्तरता दिइने सोच रहेको बताईन । इभेन्टको अर्डिनेटर प्रमोद बंशल रहेका थिए भने इभेन्टको कोरियोग्राफी जेनिशा तामाङले गरेकी थिईन ।

IMG_8377

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु