फस्टाउँदै एकल कविता वाचन

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७०, मंगलवार

काठमाडौं । हिजो आज एकल साँझ, एकल कविता वाचन जस्ता एकल शीर्ष चार्चामा रहेका छन । बिभिन्न स्थानमा बिभिन्न नामका एकल साँझ तथा एकल कविता वाचनका श्रृंखलाहरु भैरहेका छन । यहि एकल श्रृंखलामा अर्को उउटा श्रृखला थपिने भएको ‘कवि दिनेश अधिकारीको एकल कवितावाचन’ का नामले । साहित्य कला र संगीतको विकासमा क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारले ‘स्रष्टा सिर्जना र साँझ’ श्रृंखला अन्तरर्गत यही माघ ४ गते शनिबार पोखरामा प्रसिद्ध कवि दिनेश अधिकारीको एकल कविता वाचनको आयोजन ागर्न लागेको हो ।
‘स्रष्टा, सिर्जना र साँझ’ श्रृंखला अन्तरर्गत कवि सरुभक्त, तीर्थ श्रेष्ठ, सरस्वती प्रतीक्षालगायतका स्रष्टाको एकल कविता वाचन सम्पन्न गरिसकेको यो परिवारले यस पटक टिकट सहित कवि दिनेश अधिकारीको एकल कविता वाचन गर्न लागेको परिवारीकी अध्यक्ष सरस्वती प्रतिक्षाले जनाएकी छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु