“फाटेको जुत्ता”मा नयाँ जुत्ताको अफर

म्यूजिक खबर
प्रकाशित: २४ आश्विन २०७४, मंगलवार

काठमाडौं । आउदो कात्तिक १७ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाटेको जुत्ता’ ले दर्शकहरुलाई फाटेको जुत्ताको फोटो पठाएर नयाँ जुत्ता उपहार दिने योजना ल्याएको छ । चलचित्रको प्रचार प्रसारको क्रममा यो योजनाले प्रचार-प्रसारमा थप टेवा पुग्ने बिश्वासमा निर्माण पक्षले फाटेको जुत्ताको फोटो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने २ सय ५० जनालाई नयाँ जुत्ता प्रदान गर्ने योजना ल्याएको हो ।

‘फाटेको जुत्ताको फोटो आफ्नो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने व्यक्ति मध्ये गोलाप्रथाबाट छानेर प्रत्येक हप्ता २ सय ५० जनालाई नयाँ जुत्ता घरमा नै पुर्‍याइदिने छौ । फिल्मको नाम अनुसार हामीले यो योजना दर्शकमाझ लिएर आएका हौं । यसले फिल्मको प्रचारमा पनि ठूलो सहयोग पुग्नेमा विश्वस्त छु ।’ चलचित्रका निर्माता अर्जुन कुमारले बताउछन् ।

चलचित्रमा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने निकेश खड्काले निर्देशन गरेका हुन् । त्यसै गरी यस चलचित्रमा नायक दयाहाङ राई र नायिका वर्षा राउत केमियो भूमिकामा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु