फास्ट फास्ट कल्पनामा किन पुगे प्रियंका र सुनिल ?

म्यूजिक खबर
प्रकाशित: २५ बैशाख २०७५, मंगलवार

२५ बैशाख, काठमाडौं । अहिलेकी चर्चित नायिका प्रियंका कार्कीलाई देखेपछि सबैको ध्यान जानु कुनै नौलो होइन । सुनिल क्षेत्री पनि नायिका कार्कीकै चियाचर्चोमा कल्पना निवास पुगेका छन् । सुनिल किन यसरी पछि लाग्ने त फास्ट फास्ट कल्पनामा ?

पछिल्लो समय साँगितिक बजारमा एकपछि अर्को लगातार नृत्यपरक तर फरक शैलीका स्वादमा फरकपनसहित गीतसंगीत दिँदै आएको टिम “डश म्युजिक” र चाम्लिङ ईन्टरटेइन्टमेन्टले फेरि पनि सबैलाई नचाउन नयाँपनको गीत लिएर आएको छ । सबैको मन जित्नेखालको नयाँ गीत “फास्ट–फास्ट” (कल्पना) बोलको डान्सिङ बिटको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गर्दै नायिका प्रियंका कार्की र सुनिल क्षेत्रीको साथमा नेपाली ठिटोलाई प्रस्तुत गरेको छ ।

गायक शंकर थापा ‘स्माईल’ र गायिका सुमि चाम्लिङ राईको स्वरले भरिएको यो गीतमा पछिल्लो समयका व्यस्त गीतकार डि.पी. खनालको शब्द रचना रहेको छ भने प्रतिभाशाली संगीतकार एवं गायक शंकर थापा ‘स्माईल’को संगीत रहेको छ । त्यस्तै पछिल्लो समय फरकपन भित्र्याउन सफल संगीत संयोजक उदयराज पौडेल को संगीत संयोजन रहेको छ ।
फास्ट फास्टमा अहिलेकी चर्चित नायिका तथा हालै एपीवान टेलिभिजनमार्फत प्रशारित रियालिटी शो “बुगिबुगी”कि निर्णायक प्रियंका कार्की र भारतीय टेलिभिजन शो डिआईडीबाट आफूलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा डान्स ग्रुप “नेपाली ठिटोज” को धमाकेदार नृत्य तथा अभिनय रहेको छ । म्यूजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यस गीतको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रकाशन गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु