फिल्म ‘लम्फू’ का ४ गीतहरुको अडियो सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७४, सोमबार

माघ १५, काठमाडौं । फिल्म ‘लम्फू’को गीतहरु सार्वजनिक भएका छन्। चार गीतहरुको अडियो मात्र रिलिज भएका हुन्। ‘सँगै जिउने सँगै मर्नेु, ‘तिम्लाई भुलेर’, ‘दोधार दोधारमा’ र ‘सुको छैन यार’ बोलका गीत ‘लम्फू’ सार्वजनिक भएका हुन्। सार्वजनिक चारवटै गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन्। गीतहरुमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेश लामा र अप्सरा घिमिरेको स्वर रहेको छ।

‘सँगै जिउने सँगै मर्नेु बोलको गीतमा अप्सरा घिमिरे र सुरेश लामाको स्वर रहेको छ भने दिग्गज धौलारीले शब्द लेखेका छन्। ‘तिम्लाई भुलेर’ बोलको गीतमा प्रमोद खरेलको स्वर तथा युवराज सापकोटाका शब्द छन् ।

‘सुको छैन यार’ बोलको गीतमा शिव परियारको स्वर तथा प्रमोद ढुंगानाका शब्द छन्। त्यस्तै, ‘दोधार दोधारमा’ बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छन् भने सञ्चारकर्मी समेत रहेका नरेश भट्टराईले शब्द लेखेका हुन्।

गोपालचन्द्र लामिछाने निर्देशित फिल्म ‘लम्फू’बाट कबिर खड्काले डेब्यु गरेका छन्। फिल्ममा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ।

भूपतिको लेखन रहेको फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन्। फिल्म बैशाख २८ गते प्रदर्शनको तयारीमा छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु