फिल्म ‘१२ मासे’को पहिलो गीत ‘ढिक्के फुली’ सार्बजनिक ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७४, सोमबार

चैत्र १२, काठमाडौं । नेपाली फिल्म ‘१२ मासे’को ‘ढिक्के फुली’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । आमा पार्वती देबी फिल्म्सको प्रस्तुतिमा बन्न लागेको उक्त चलचित्रमा जय किशन बस्नेत र पूजना प्रधानको मुख्य अभिनय रहेको छ ।

संगीतकार अर्जुन पोखरेल को संगीत रहेको उक्त गीतमा इन्जिनियर सागर खरेल को शब्द तथा गायक कृष्ण पाण्डेका स्वर सुन्न सकिन्छ। कमेडि बिषयमा तयार फिल्ममा प्रदिप पाठक (नक्कली प्रचण्ड)को कथा र निर्माण रहेको छ ।

सुशील सैजु को प्रोडक्सन रहेको यस फिल्ममा शिब बिकको कोरियोग्राफी रहेको छ । चलचित्रमा जय किशन बस्नेत पुजना प्रधान का अलावा मरिच मान श्रेष्ठ (बल्छी धुर्बे ),पुरण थापा ,सोनीका बास्तोला ,सबनम दाहाल,राधा श्रेष्ठ (राम प्यारी) र प्रदिप पाठक (नक्कली प्रचण्ड )को पनि अभिनय रहेको छ ।

फिल्ममा बासु न्यौपाने को छायांकन ,अनन्त घिमिरेको सम्पादन रहेको छ भने चलचित्रलाई हास्य पिता लय संग्रौलाको निर्देसन रहेको छ। फिल्म यहि जेठ ११ गतेबाट पर्दसनमा आउदै छ।

हेर्नुहोस् गीतको भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु