फूलमान ‘ताम्बा’ खोज्दै

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७०, बुधबार

काठमाडौं । तामाङ समुदायको मौखिक इतिहास तथा संस्कृतिबारे वृत्तचित्र ‘ताम्बा’ निर्माण हुने भएको छ । तामाङ चौतारी समूहको प्रस्तुतिमा निर्माण हुने वृत्तचित्रको निर्देशन पत्रकार फूलमान बलले गर्ने भएका छन् । ‘ताम्बा’ मा भन्नाले भोट बर्मेली भाषा परिवारको तामाङ समुदायमा मौखिक इतिहासविद् तथा संस्कृतिविद्का रूपमा चिनिन्छन्, जसलाई दर्शकसमक्ष प्रस्तुत गर्न वृत्तचित्र निर्माण गर्ने सोच आएको निर्देशक बलले बताए । काजीमान तामाङको निर्माण रहने ‘ताम्बा’ ४० देखि ६० मिनेटसम्मको हुने बताइएको छ । अहिलेसम्म विभिन्न फुटफाथ गरी करिब २० प्रतिशत छायांकन सकिएको निर्माणपक्षले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । वृत्तचित्र निर्माणबारे शनिबार साँझ राजधानीमा आयोजित भेटघाट कार्यक्रममा चौतारीका अध्यक्ष विनोद तामाङले भने, ‘करिब २० प्रतिशत छायांकन भइसकेको छ ।’ उनका अनुसार बाँकी छायांकन काभ्रे, दोलखा, रामेछाप, काठमाडौं, रसुवा तथा भारतको दार्जिलिङ र सिक्किममा हुनेछ । ६ महिनाभित्र वृत्तचित्र तयार हुने बताइएको छ ।
वृत्तचित्र ‘ताम्बा’ निर्माणबारे निर्देशक बलले भने, ‘तामाङ बसोबास रहेको जुनसुकै गाउ“मा पनि ताम्बा भेटिन्छन् । ताम्बाको निरन्तरता उनीहरूकै छोरा, नाति या उनीहरूद्वारा दीक्षित जो–कोही पात्र पनि हुन सक्छन् । तामाङ समाजको सांस्कृतिक संरचना ताम्बाविना पूरा हुन सक्दैन । हामी उनीहरूबाटै सोधखोज गरेर वृत्तचित्र तयार गर्नेछौँ ।’ तामाङ समुदायको लिखित इतिहास सुरु हुनुभन्दा अघिदेखि ताम्बाहरूले आफ्नो समुदायको सभ्यता, परम्परा, संस्कृति र लोक अभ्यासलाई मौखिक रूपमा नया“ पुस्तामा हस्तान्तरण गर्दै आइरहेको र जसलाई दस्ताबेजका रूपमा ल्याउन वृत्तचित्र निर्माण गर्न आवश्यक रहेको निर्माण पक्षले जनाएको छ । तामाङ समुदायको विभिन्न सांस्कृतिक कर्मकाण्डमा विशेष गरी उनीहरू डम्फू बजाउ“दै पृथ्वीको उत्पत्ति, सृष्टिको आरम्भ, तामाङ सभ्यताको उद्भव, संस्कृतिको अनेकौँ पाटा, तिनका विधि र परम्पराको प्रक्रिया बयान गरिरहेका हुन्छन् । तामाङ समुदायको विवाह, ब्रतबन्धदेखि मृत्यु संस्करसम्म ताम्बाको भूमिका हुने भए पनि विशेष गरी विवाहमा ताम्बाको सबैभन्दा ठूलो महत्व हुन्छ । बेहुला÷बेहुली सिँगार्दा, रीतभात बुझाउ“दा, कन्यादान दिँदा, बेहुली अन्माउ“दादेखि भित्र्याउ“दासम्म ताम्बाको व्याख्यान आवश्यक हुन्छ । यी सबै विधि र प्रक्रिया पूरा नभईकन भएको विवाहलाई तामाङ संस्कृतिअनुसारको विवाह मानिँदै छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु