फेरी अर्काे चलचित्र निर्देशनमा रेखा

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०७३, शुक्रबार

नायिका रेखा थापाले अब अर्काे चलचित्र निर्देशन गर्ने बताएकी छिन् । यस अघि नायिका रेखाले दुई वर्ष अगाडि चलचित्र ‘हिम्मतवाली’ र त्यसपछि चलचित्र ‘रामप्यारी’ निर्देशन गरेकी छिन् । सो चलचित्र पनि सफल भएपछि उनले अब तेस्रो चलचित्र निर्देशन गर्ने बताएकी हुन् । अनौपचारिक कुराकानीमा उनले निर्देशक नभेटिएको भन्दै आफैं निर्देशन गर्ने बताएकी हुन् ।
16071448hqdefault
राजनितीक बिषयमा चलचित्र बनाउने तयारी गरेको चलचित्र अहिले तयारीको क्रममा छ । रेखाले अभिनयबाट सन्यास लिएपछि राजनीतिमा प्रवेश गर्ने सोच बनाएकाले पनि राजनीति केन्द्रित सिनेमा बनाउन चाहेको बुझिएको छ । चलचित्रमा पनि मुख्य भूमिकामा रेखा स्वयंको अभिनय अनुमान गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु