फेसन शोमा यूरोकपको रौनक

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७३, सोमबार

काठमाडौं । वेटर ग्यालेक्सीले आईतबार राती काठमाडौंमा फ्रान्समा आयोजित ‘यूरो कप फुटबल–२०१६’ को पूर्व सन्ध्या पारेर एउटा रमाइलो फेसन शोसहितको ग्ल्यामरस कार्यक्रम आयोजना गरेको थियो । ‘हार्ट डिजाएर रनवे ३ एण्ड यूरो फिभर’ शीर्षकको कार्यक्रममा फेसन शो, लाइभ कन्सर्ट, डिजे सेसन हुँदै यूरो फुटबल प्रतियोगिताको फाइनल खेलसम्म पुगेर टुगिएको थियो ।

Euro Fever Fashion Show
राती ९ बजेदेखि प्रारम्भ भएको कार्यक्रमको पूवाद्र्धमा एक दर्जन मोडलहरुले विभिन्न चार सिक्वेन्समार्फत विभिन्न पहिरनहरु प्रदर्शन गरे । फेसन शोमा कायरा बुटिक, लफ स्टुडियो, नेपाल फेसन हाउस तथा सजिना कलेक्सनका विभिन्न पहिरनहरु प्रदर्शन गरिएको थियो । मोडलहरुले लेहेंगा, गाउन, सारी, कुर्ता, वन पिस सहितका पहिरनहरु प्रदर्शन गरियो । फेसन शोको अन्तिम सिक्वेन्समा मोडलहरुले पोर्चुगल तथा फ्रान्सका आधिकारिक जर्सीको प्रदर्शन गरेका थिए । हा

Euro Fever Fashion Show_3

तमा फुटबल लिएर ¥याम्पमा क्याटवाक गरेका मोडलहरुले खेलाडीकै हाउभाउ प्रस्तुत गरेका थिए । थापाथलीको ब्लुबर्ड मलस्थित मुड्स लाउञ्जमा धिरज तण्डुकार तथा मनिष शाक्यद्वारा कोरियोग्राफी गरिएको फेसन शोको अन्तिम सिक्वेन्समा मोडलहरु फुटबलको जर्सीमा प्रस्तुत हुँदा उपस्थित दर्शकसमेत रोमाञ्चक भएका थिए । फेसन शोको क्रममा आयोजित सांगीतिक कार्यक्रममा गायक सुमन श्रेष्ठ तथा धर्म लामाले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए । फेसन शो तथा सांगीतिक प्रस्तुतीपछि करिव ११ बजेदेखि प्रारम्भ भएको डिजे कबिरले डिजे सेसन सञ्चालन गरेका थिए, जुन यूरो कप फुटबलको फाइनल खेल प्रारम्भ हुने बेलासम्म जारी रह्यो ।

Euro Fever Fashion Show_1 (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु